nakuhine-bastu-sankalan-1706086939.jpg
Monday, 29th April, 2024
वि.स.
1000043965-1707579226.jpg

महासंघले भन्यो- सक्नेले बैंकको ब्याज-किस्ता तिरौं

FNCCI-1594709956.gif

नेपाल उद्योग वाणिज्य महासंघले बैंक तथा वित्तीय संस्थाहरुबाट लिएको ऋणको किस्ता तथा ब्याज तिर्न उद्योगी-व्यवसायीहरुलाई आग्रह गरेको छ । महासंघले एक सार्वजनिक सूचना जारी गर्दै तिर्न सक्ने उद्योगी-व्यवसायीहरुलाई ऋणको साँवा तथा ब्याज समयमै तिर्न आग्रह गरेको हो ।

तिर्न नसक्नेहरुका लागि भने नेपाल राष्ट्र बैंकले ल्याउन लागेको आगामी मौद्रिक नीतिले सम्वोधन गर्ने महासंघले बताएको छ । बैंक र उद्योगी व्यवसायीहरुका बीचमा देखिएका समस्याका विषयमा पनि नियमित छलफल भइरहेको महासंघले जनाएको छ ।

‘हाल तिर्नसक्ने अवस्थामा भएका उद्योगी, व्यापारी तथा व्यवसायीलाई कर्जाको ब्याज तथा किस्ता भुक्तानी गरिदिन आग्रह गर्दछौं’ महासंघको सूचनामा भनिएको छ, ‘तिर्न नसक्ने उद्योगी, व्यापारी तथा व्यवसायीको कर्जाको पुनरसंरचना र पुनरतालिकीकरण तथा ब्याजको पुँजीकरण गरी कर्जा तिर्ने समय थप गर्ने आगामी मौद्रिक नीतिमा व्यवस्था हुन महासंघ सम्बन्धित निकायसँग अनुरोध गर्दछ ।’

महासंघ र नेपाल बैंकर्स संघबिच हरेक महिना छलफल गर्ने सहमति नै भएको भन्दै केही सुझाव तथा सल्लाह भए पठाउन महासंघले सबै उद्योगी-व्यवसायीहरुसँग आग्रह समेत गरेको छ ।