Tuesday, 16th June, 2026
वि.स.

महालेखाको मूल्याङ्कनः ‘थाहानगरले सुत्र प्रभावकारी कार्यान्वयन गरेको छ’

thahana-696x465-1592455085.jpg

मकवानपुर थाहा नगरपालिका स्थानीय तह संचित कोष व्यवस्थापन प्रणाली (सुत्र) प्रभावकारी कार्यान्वयन गर्ने स्थानीय तहको रुपमा सूचीकृत भएको छ । महालेखा नियन्त्रक कार्यालय काठमाण्डौंका अनुसार मकवानपुरमा थाहानगर हेटौंडा भन्दा अग्रणी सथानमा रहेको छ । 

महालेखा नियन्त्रक कार्यालयले १ असारमा पत्रचार गरी २०७७ जेठ २४ सम्म सुत्र प्रणालीमा न्यून खर्च रेखाङ्कन गर्ने स्थानीय तहहरुको नामावली प्रकाशन गरेको सहमहालेखा नियन्त्रक रमेशप्रसाद शिवाकोटीले जानकारी दिए । 

२०७६ साउन १ गतेदेखि २०७७ जेठ २४ सम्मको अवधिलाई महालेखाले मूल्याङ्कन गरेको जनाइएको छ । मूल्याङ्कन अनुसार मकवानपुरको हेटौंडा उपमहानगरपालिका, इन्द्रसरोवर गाउँपालिका, मनहरी गाउँपालिकालगायतले सुत्र प्रणालीको न्यून प्रयोग गरेका छन् । 

सुत्र प्रणाली न्यून प्रयोग गर्ने स्थानीय तहहरुको नामावली :