nakuhine-bastu-sankalan-1706086939.jpg
Friday, 19th April, 2024
वि.स.
1000043965-1707579226.jpg

महालक्ष्मी विकास बैंकको बिमा योजना कार्यक्रम अन्र्तगतको रकम हस्तान्तरण

mahalaxmi-bank-palung-sak-1617620238.jpg

महालक्ष्मी विकास बैंक लिमिटेड तथा नेशनल लाईफ इस्योरेन्स बिचको सहकार्यमा महालक्ष्मी विकास बैंक लिमिटेड शाखा कार्यालय पालुङबाट विपन्नवर्ग तथा कृषिकर्जामा गरिएको सान कर्जाहरुको लघु अमृत म्यादी बिमा योजना अन्र्तगतको रकम हस्तान्तरण गरिएको छ ।

 रकम हस्तान्तरण कार्यक्रममा थाहा नगरपालिका वडा नम्बर १ को देगु माया बलामीको मृत्यु हकदावी विमा वापतको रकम हकवाला रविन बलामीलाई ८२,५०० र थाहा नगरपालिका वडा नम्बर १० को बिष्णु मगरको हकदावी विमा वापतको रकम हकवाला कल्पना घर्तिलाइ ५,२५,००० बैङका ए सि इ ओ जलज कुमार अधिकारी र डेप्युटि म्यानेजर जोशन शर्माद्वारा आइतबार एक  कार्यक्रमकाे िबच हस्तान्तरण गरिएको छ । कार्यक्रममा मृतकको स्मृतिमा १ मिनेट मौन धारण गरि मृत आत्माको चिर शान्तिको कामना समेत गरिएको थियो ।

कार्यक्रममा शाखा प्रबन्धक संगिता बज्राचार्यले कृषि तथा विपन्नवर्ग कर्जा अन्र्तगत लघु अमृत म्यादी योजनाको बारेमा पारेकि थिइन । कार्यक्रममा स्थानिय , स्थानिय जनप्रतिनिधि ,पत्रकार,बैङका ए सि इ ओ, डेप्युटि म्यानेजर, शाखा प्रबन्धक तथा कर्जा शाखाका कर्मचारीहरुको उपस्थिति रहेको थियो । कार्यक्रम बैंकका कर्मचारीहरु शरद हमाल र सुशान्त ढकालले सञ्चालन गरेका थिए ।
 



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)