Friday, 17th May, 2024
वि.स.
1000043965-1707579226.jpg

महालक्ष्मीले सञ्चालनमा ल्यायो चिप प्रणालीमा आधारित इएमभी भिजा डेबिट कार्ड

Mahalaxmi-1541130206.jpg

महालक्ष्मी विकास बैंक लिमिटेडले आफ्ना ग्राहकका लागि चिप प्रणालीमा आधारित इएमभी महालक्ष्मी भिजा डेबिट कार्ड सार्वजनिक गरेको छ । कार्ड सम्बन्धी कारोबारलाई अझ सुरक्षित, विश्वसनीय तथा सहज बनाउँदै कार्डबाट हुने कारोबारको जोखिम न्यूनीकरण गर्ने उद्देश्य बमोजिम चिप प्रणालीमा आधारित भिजा डेबिट कार्ड सञ्चालनमा ल्याइएको हो ।

यसअघि बैंकले आफ्ना ग्राहकहरुका लागि पारम्परिक म्याग्नेटिक स्ट्याइप प्रविधिका भिजा डेबिट कार्ड उपलब्ध गराउँदै आएको थियो । चिपमा आधारित कार्ड विश्व स्तरीय रहेको र यस कार्डको प्रयोग गर्नाले सम्भावित जोखिमहरु धेरै न्यून गर्न सकिने बैंकले जनाएको छ ।

बैंकले निकट भविष्यमा संसारको जुनसुकै ठाउँबाट सुरक्षित बैकिङ्ग कारोबार गर्न सकिने चिप प्रणालीमा नै आधारित डलर डेबिट कार्ड सञ्चालनमा ल्याउने खुलासा गरेको छ । यस्ता उपकरणहरु मार्फत प्रदान गरिने बैकिङ्ग सेवा–सुविधा अझ प्रभावकारी हुने व्यहोरा बैंकले जनाएको छ ।

-क्लिकमान्डुबाट



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)