Saturday, 20th June, 2026
वि.स.

महाराष्ट्रको अस्पतालमा आगलागी हुँदा १० शिशुको ज्यान गयो

db-1610181518.jpg

भारतको एउटा अस्पतालमा आगलागी हुँदा १० जना नवजात शिशुको ज्यान गएको छ ।

महाराष्ट्रको भण्डारा जिल्ला अस्पतालमा भएको आगलागीमा परेर एक महिनादेखि तीन  महिना उमेर भएका १० जना बालबालिकाको ज्यान गएको बीबीसीले जनाएको छ । बिहान दुई बजेतिर अस्पतालको शिशु स्याहार केन्द्रमा आगलागी भएको र त्यहाँबाट सात जना शिशुको भने सकुशल उद्धार भएको खबरमा उल्लेख छ । 

आगलागी पछि केही शिशुको जलेर र धेरैजसोको धुवाँमा निसास्सिएर ज्यान गएको अस्पतालले जनाएको छ । विद्युत सट भएर आगलागी भएको आशंका गरिएको भए पनि आगलागीको कारण नखुलेको महाराष्ट्र प्रहरीले जनाएको छ । 



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०