Tuesday, 16th June, 2026
वि.स.

मल अभाव: चाहिने युरिया, आयात डीएपी

Rasayanik-1592100728.jpg

सरकारले रासायनिक मल खरिदमा उच्च प्राथमिकताका साथ बजेट बढाए पनि सिजनमा जहिल्यै अभाव हुने गरेको छ । मल खरिद गर्न चालु आर्थिक वर्षमा सरकारले करिब ७ अर्ब अनुदान दिएको थियो । रकम अपुग भएपछि अर्थ मन्त्रालयले थप २ अर्ब अनुदान दियो । आव ०७७/७८ का लागि पनि ११ अर्ब रुपैयाँ विनियोजन भएको छ । तर मलको समस्या जस्ताको त्यस्तै छ ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अधिकारीहरू भने लकडाउनले मल अभाव भएको दाबी गर्छन् । ‘विगतको तुलनामा बजेट राम्रो थियो । समयमै टेन्डर/एलसी खोलेका थियौं,’ मन्त्रालयका कृषि सामग्री व्यवस्थापन तथा प्रविधि शाखाका वरिष्ठ कृषि प्रसार अधिकृत शिरीष पुनले भने, ‘तर लकडाउनले श्रमिक नपाउँदा समयमै आयात गर्न सकेनौं ।’

मन्त्रालयका अनुसार जेठ, असार र साउनमा सबैभन्दा बढी मल चाहिन्छ । तर पर्याप्त भण्डारण गरिएको छैन । ‘युरिया करिब १० हजार र डीएपी १२ हजार मात्रै छ । उक्त परिमाण घट्दै गएको छ,’ उनले भने, ‘माग अत्यधिक छ । केही मौज्दात राख्नुपर्ने भएकाले सीमित मात्रामा वितरण गरेका छौं ।’

मन्त्रालयका अनुसार कोलकाता र गुजरातमा गरी करिब ५० हजार टन मल रोकिएको छ । चीनबाट करिब २५ हजार टन आउने क्रममा छ । तर कोरोना र लकडाउनका कारण श्रमिकको अभाव छ । मल ब्यागिङ गर्न सकिएको छैन । यसले ढुवानी हुन नसकेको मन्त्रालयका अधिकारीहरू बताउँछन् । ‘कोलकाताबाट करिब २५ सय टन डीएपी आइपुगेको छ,’ उनले भने, ‘अरू परिमाणमा पनि सहजै आए केही राहत हुन्थ्यो ।’



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०