Saturday, 20th June, 2026
वि.स.

मरिच, केराउ, छोकडा र सुपारी आयातमा लगाइएको पूर्ण बन्देज हट्यो

marich-1616059181.jpg

सरकारले मरिच, केराउ, छोकडा र सुपारीमा लगाएको पूर्ण आयात बन्देजलाई हटाएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको सिफारिसमा फागुन २५ गते बसेको बैठकले पूर्ण बन्देजलाई हटाउँदै परिमाणात्मक बन्देज लगाएको हो ।

मन्त्रिपरिषद्ले पूर्ण बन्देज हटाएर परिमाणात्मक बन्देज लगाएको मन्त्रालयकी उपसचिव एवं सह प्रवक्ता उर्मिला केसीले जानकारी दिइन् । परिमाणत्मक बन्देज कति लाग्यो भन्ने जानकारी अहिल्यै भन्न नमिल्ने पनि उनले बताइन् । परिमाणात्मक बन्देज बारेको सूचना राजपत्रमा निष्कासनको तयारी भइरहेको पनि उनको भनाइ छ ।

कोरोना महामारीका कारण देशव्यापी लकडाउन सुरु भएपछि सरकारले धेरै आयात हुने अतिआवश्यक बाहेकको वस्तुहरु मदिरा, मरिच, केराउ, छोकडा र सुपारी लगायतको आयातमा पूर्ण बन्देज लगाएको थियो । यस अघि औद्योगिक प्रयोजनकालागि कोटा प्रणालीमा मरिच आयात गर्न दिइए पनि नधुल्याइएको मरिच, केराउ, छोकडा र सुपारीमा प्रतिबन्ध कायमै थियो ।

गत असोजमा मन्त्रालयले चालु आर्थिक वर्षमा १५ हजार मेट्रिकटन सुपारी, पाँच हजार मेट्रिकटन छोकडा र १५ हजार मेट्रिकटन दाना मरिच मात्रै ल्याउन पाउने प्रस्ताव मन्त्रिपरिषदमा पठाएको थियो ।



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०