nakuhine-bastu-sankalan-1706086939.jpg
Monday, 29th April, 2024
वि.स.
1000043965-1707579226.jpg

मन्त्रालयले भन्यो : कोरिया पठाउने मौसमी कामदारको सूचना नक्कली 

sram-rojgar-mantralaya-1694341933.jpg

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले पछिल्लोपटक कोरियामा पठाउने मौसमी कामदार,  जर्मनीसँग हुने भनिएको दुईपक्षीय श्रम सम्झौता र इजरायलमा दीर्घकालिन स्याहार केन्द्रमा सहायक कामदारको रुपमा कामदार मागको व्यहोराको सूचना नक्कली भएको जनाएको छ । 

२० भदौमा कोरियामा पठाउने मौसमी कामदार सम्बन्धमा, जर्मनीसँग हुने भनिएको दुईपक्षीय श्रम सम्झौता सम्बन्धमा र १८ भदौमा इजरायलमा दीर्घकालिन स्याहार केन्द्रमा सहायक कामदारको रुपमा कामदार मागको व्यहोरा समेतमा मन्त्रालय र वैदेशिक रोजगार विभागको नामबाट प्रकाशित सूचना नक्कली भएकोले भ्रममा नपर्न मन्त्रालयले सरोकारवालालाई आग्रह गरेको छ । 

२४ भदौमा मन्त्रालयका सहसचिब एवम् प्रवक्ता डण्डुराज घिमिरेले विज्ञप्ती निकालेर ज्यादै नियोजित रुपमा, शृंखलाबद्द रुपमा वैदेशिक रोजगार व्यवसायलाई बद्नाम गर्नेगरी प्रकाशित सुचनामा विश्वास नगर्न, भ्रममा नपर्न अनुरोध गरेका हुन् । 

त्यसप्रकारको नक्कली सूचना प्रकाशित भएकोमा मन्त्रालयको गम्भीर रुपमा ध्यानाकर्षण भएको भन्दै  मन्त्रालयले वैदेशिक रोजगारीको प्रकृया शुरु गर्नुपूर्व आधिकारिता यकिन गरेर मात्र वैदेशिक रोजगारीको प्रकृया थालनी गर्न अनुरोध गरेको छ । 

प्रचलित कानून विपरीत भएका र हुने गतिविधिहरुलाई नियन्त्रण गर्न श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय सदैव क्रियाशील रहेको मन्त्रालयले जनाएको छ ।  
हेर्नुहोस् विज्ञप्ती:



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)