Saturday, 28th November, 2020
वि.स.

मन्त्रालयको परिपत्रः को होला थाहानगरको उत्कृष्ट उद्यमी ?

MOFAGA-1606063179.jpg

सरकारले आफ्नो पालिकाभित्र उत्कृष्ट उद्यम गर्ने एक जना उद्योगीलाई सम्मान गर्न स्थानीय तहलाई परिपत्र गरेको छ ।

छैटौं उद्योग दिवस सबै (७५३) वटै स्थानीय तहमा मनाउन र आफ्नो पालिका भित्र उत्कृष्ट उद्यम गर्नेलाई सम्मान गर्न संघीय मामला तथा सामान्य प्रशासन मन्त्रालयले सबै स्थानीय तहलाई परिपत्र गरेको हो । उद्योग दिवश मनाउन र आफ्नो क्षेत्रको उत्कृष्ट उद्यमीलाई प्रोत्साहन स्वरुप सम्मान गर्न आग्रह भएको मन्त्रालयले जनाएको छ ।

उद्योग र रोजगारः समृद्धिको आधार भन्ने नाराकासाथ मंसिर ९ गते सरकारले छैटौं उद्योग दिवश मनाउँदै छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले कात्तिक २५ गते दिवस मनाउने निर्णय गरेको थियो । उद्योगी व्यवसायीलाई प्रोत्साहन गर्न देशै भरका स्थानीय  तहमार्फत सम्मान गर्न थालिएको मन्त्रालयले जनाएको छ ।

https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

[email protected]

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरु माझ देशविदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौ । तपाईको आलोचनात्मक सुझावको अपेक्षा गर्दछौं । सिधै केही सुझाव, समाचार र विज्ञापन दिन चहानुहुन्छ भने सम्पर्क ९८०७२९५०७२ (-सम्पादक)