nakuhine-bastu-sankalan-1706086939.jpg
Friday, 26th April, 2024
वि.स.
1000043965-1707579226.jpg

मनहरी पिस पार्कको निर्माण तिब्र

मकवानपुरको मनहरी गाउँपालिकामा पर्यटकीय आकर्षणको केन्द्र मनहरी ‘पिस पार्क’ निर्माण भइरहेको छ । मकवानपुरको पश्चिम क्षेत्रमा पर्ने मनहरीमा जिल्लाको पर्यटनमा थप टेवा पु¥याउने उद्देश्यले वडा नं. ४ को सिमपानी देवकोटा सामुदायकि वन क्षेत्रमा पार्क निर्माण कार्य भइरहेको मनहरी गाउँपालिका अध्यक्ष एकराज उप्रेतीले जानकारी दिए । 

पिस पार्कले  १० बिहागा जग्गा चर्चेको छ । पिसपार्क निर्माण सम्पन्न भएपछि मनहरीको पर्यटन विकासमा महत्वपूर्ण योगदान पुग्ने देवकोट सामुदायिक वनका अध्यक्ष नारायण उप्रेतीले बताए । वि.सं. २०७४ सालबाट निर्माण प्रारम्भ गरिएको पार्क पाँच वर्षभित्र निर्माण भइसक्ने यो पार्क नेपालकै नमुना हुने निर्माण समितिका सचिव रामचन्द्र उप्रेतीले बताए । 

पार्कमा पोखरी, बाल उद्यान, एकसय जना वृद्धा अटाउने आमा घर तथा पिकनिक स्पट रहेने उप्रेतीले जानकारी दिए । हेटौँडा बजारबाट ३२ किलोमिटर दूरीमा पर्ने यस पार्क व्यवस्थापनको जिम्मा ब्रह्मकुमारी राजयोग सेवा केन्द्र हेटौँडाले लिएको छ । 
 



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)