nakuhine-bastu-sankalan-1706086939.jpg
Friday, 26th April, 2024
वि.स.
1000043965-1707579226.jpg

मनहरीमा प्याब्सनको गाउँस्तरीय समिति गठन

निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपालको मनहरी गाउँपालिका स्तरीय समिति शनिबार गठन गरिएको छ । 

मनहरी गाउँपालिकाभित्र रहेका निजी विद्यालयका सञ्चालक तथा प्रतिनिधिहरु सहभागी भएको भेलाले युनिभर्सल लर्निङ एकेडेमी प्रालिका अध्यक्ष शिवकुमार रिजाल (काशी) को संयोजकत्वमा समिति गठन गरेको हो । 

समितिको सदस्यहरुमा रेड एन्जल एकेडेमीका यदुनाथ श्रेष्ठ, मनहरी बिलिभर्स स्कूलका मदन स्याङ्तान, मेरीगोल्ड टाइनिटस इंगलीस स्कूलकी सवनम थापा र युनाइटेड इंग्लीस सेकेण्डरी स्कूलका अशोक भण्डारी, नमूना शिक्षा सदनका ओम थापा रहेका छन् । 

भेलालाई सम्बोधन गर्दै प्याब्सन मकवानपुरका अध्यक्ष मदन दाहालले संशोधित विधान बमोजिम स्थानीय तहमा प्याब्सनका संरचनाहरु बिस्तार गरिएको बताए । उनले स्थानीय सरकारले नै सबै शैक्षिक जिम्मेवारी लिएको हुँदा स्थानीय तहमै निजी विद्यालयहरु साझेदार बनेर अघि बढ्नुपर्नेमा जोड दिए । 
कार्यक्रममा प्याब्सन मकवानपुरका उपाध्यक्ष अनिल पाण्डे, सचिव विनोद सुवेदी, कोषाध्यक्ष राजकुमार नहकीर्, सह कोषाध्यक्ष लक्ष्मी श्रेष्ठ, जिल्ला सदस्य बिष्णुहरि सुवेदी लगायतको सहभागिता रहेको थियो । 
 



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)