nakuhine-bastu-sankalan-1706086939.jpg
Thursday, 2nd May, 2024
वि.स.
1000043965-1707579226.jpg

मनहरीमा नमुना युवा संसद शुरु

yuwa-samsad-(1)-1530782897.JPG

पश्चिम मकवानपुरको मनहरीमा नमुना युवा संसदको स्थापना र अभ्यास कार्यक्रम आज(बुधबार)देखि शुरु भएको छ । तीन दिने कार्यक्रमको मनहरी गाउँपालिकाका अध्यक्ष एकराज उप्रेतीले बुधबार मनहरीमा उद्घाटन गरे ।

उद्घाटन कार्यक्रम मनहरी गाउँपालिकाका अध्यक्ष उप्रेतीको प्रमुख आतिथ्य तथा जिल्ला युवा समिति मकवानपुरका अध्यक्ष सन्तोष चौलागाईको अध्यक्षतामा भएको थियो । युवा तथा खेलकुद मन्त्रालय अन्तरगतको राष्ट्रिय युवा परिषद्, काठमाडौंको सहयोग, मनहरी गाउँपालिकाको व्यबस्थापनमा जिल्ला युवा समितिको कार्यालय मकवानपुरले कार्यक्रम आयोजना गरेको हो ।

कार्यक्रममा मनहरी गाउँपालिकाका वडा र विद्यालयका ३० जना प्रतिनिधी युवाको सहभागिता रहेको छ । कार्यक्रममा अशोक सारु मगर, सुशीलराज गिरी, नानीमैया बिष्ट लगायतले सहजिकरण गरिरहेका छन् । शुक्रबारसम्म चल्ने नमुना युवा संसद कार्यक्रमको नारा ‘समृद्ध नेपाल निर्माणको लागि स्वस्थ, कर्मठ र उद्यमी युवा’ रहेको छ ।