nakuhine-bastu-sankalan-1706086939.jpg
Thursday, 2nd May, 2024
वि.स.
1000043965-1707579226.jpg

मनहरीमा खोलामा डुबेर सिर्जना मुक्तानको ज्यान गयो

मकवानपुरको मनहरीमा खोलामा डुबेर एक बालिकाको मृत्यु भएको छ । राष्ट्रिय रोटरी माध्यमिक विद्यालयमा अध्ययनरत मनहरी गाउँपालिका ७ लामाबस्तीकी १३ बर्षीया सिर्जना मुक्तानको प्याङचेभन्दा मुनि मनहरी खोलाले बगाएर मृत्यु भएको हो ।

उनी राष्ट्रिय रोटरी माध्यमिक विद्यालयमा कक्षा ६ मा अध्ययनरत थिइन् । गिटी बालुवा उत्खननका लागि एक्साभेटरले खाल्डो खनेको स्थानबाट बगेको पानीमा डुब्दा मुक्तानको ज्यान गएको इलाका प्रहरी कार्यालय मनहरीले जनाएको छ ।

पौडी खेल्न गएका चारजना साथीहरुमध्ये १ जना हराएपछि साथीहरुले मुक्तानको घरमा खबर गरेका थिए । अभिभावक, प्रहरी र स्थानीयबासी मिलेर जमेको पानी निकास निकालेर खोज्दा सिर्जनाको शव देखिएको थियो । शबलाई स्थानीय र प्रहरीले पानीबाट निकालेका थिए । पानी खोलेर फालेपछि डुबेको अबस्थामा शब भेटिएपछि स्थानीयबासिन्दाहरु आक्रोशित भएका छन् ।

इलाका प्रहरी कार्यालय मनहरीका प्रहरी निरीक्षक बीरेन्द्र पनेरुले लाश निकालिएको र आवश्यक प्रक्रिया अघि बढेको जानकारी दिए । अहिले घटनास्थलमा भीड लागेको छ ।



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)