Saturday, 20th June, 2026
वि.स.

मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको तीनवटा नियमावली पारित

m-1612512909.jpg

बागमती प्रदेश सरकारले स्थापना गरेको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको तेस्रो सभा बिहीबार बसेको छ । प्रतिष्ठानका कुलपति समेत रहेका बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतमा बसेको बैठकले तीनवटा नियमावली पारित गरेको छ ।

सभाले ३ वटा नियमावली पारित गर्नुका साथै ऐनमा संशोधनको प्रस्ताव पारित गरेको प्रतिष्ठानका रजिष्ट्रार राजेश प्रसाईले जानकारी दिए। प्रतिष्ठानको तेस्रो सभाले कर्मचारी र शिक्षकको सेवा, सर्त र सुविधासम्बन्धी नियमावली, अस्पताल सञ्चालन तथा व्यवस्थापनसम्बन्धी नियमावली पारित गरेको उनले बताए। यस्तै सभाले जनशक्ति तथा व्यवस्थापन सम्बन्धी मापदण्ड पनि पारित गर्ने निर्णय गरेको छ । चालु आर्थिक वर्षबाटै तीन वटा शैक्षिक कार्यक्रम सञ्चालनको तयारीमा रहेको प्रतिष्ठानले प्रतिष्ठानमा नियुक्त भई कार्य गर्ने प्राध्यापकहरुको तलब स्केल समेत निर्धारण गर्ने निर्णय गरेको रजिष्ट्रार प्रसाईले जानकारी दिए।

त्यस्तै बैठकले प्रतिष्ठानको सभा सदस्यमा रमिला घलानलाई मनोनित गरेको छ । प्रतिष्ठानमा आदिवासी, जनजाति, सिमान्तकृत, अल्पसंख्यक, दलित मध्येबाट एकजना महिलासहित दुईजना सभाको सदस्यमा मनोनित गर्नुपर्ने व्यवस्थाअनुसार मकवानपुरको मकवानपुरगढी गाउँपालिकाकी रमिला घलानलाई सभाको सदस्यमा मनोनित गर्ने निर्णय गरेको उनले जानकारी दिए।



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०