Tuesday, 16th June, 2026
वि.स.

मदन भण्डारी स्वास्थ्य बिज्ञान प्रतिष्ठानको उपकुलपतिमा जोशी

joshi-1596030174.jpg

बागमती प्रदेश सरकारले मदन भण्डारी स्वास्थ्य बिज्ञान प्रतिष्ठानको उपकुलपतिमा प्राध्यापक डाक्टर बिश्वराज जोशी (बी आर जोशी ) लाई नियुक्त गर्ने निर्णय गरेको छ । बागमती प्रदेश मन्त्री परिषदको आज बसेको बैठकले जोशीलाई उपकुलपतिमा नियुक्त गर्ने निर्णय गरेको हो ।

मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा १४ साउनमा बसेको प्रदेशको मन्त्री परीषदको बैठकले जोशीलाई ४ बर्षका लागि प्रदेशले स्थापना गरेको प्रतिष्ठानको उपकुलपति नियुक्त गर्ने निर्णय गरेको हो ।

यसअघि वीर अस्पतालमा नेसनल एकेडेमी अफ मेडिकल साईन्सको रजिस्ट्रार, वीर अस्पतालमा नै युरोलोजिष्ट प्रमुख समेत रहनुभएका जोशीले सन १९७४ मा एम डी र १९८३ मा डाक्टर उपाधी हासिल गर्नुभएको थियो ।

उपकुलपति नियुक्तीसंगै प्रतिष्ठान सञ्चालनका कार्यहरु अगाडि बढ्ने सरकारका प्रवक्ता आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुंगेलले जानकारी दिए ।

यसैगरी मन्त्री परिषद बैठकले प्रदेश बालअधिकार समितिमा पनि सदस्यहरू नियुक्त गरिएको छ । समितिमा झबिन्द्र ज्ञवाली, शान्ता बराल, शान्ति श्रेष्ठ, मिना थापा र लक्ष्मी ढकाललाई मनोनीत गरिएको छ ।

उनीहरुको कार्यकाल पनि ४ बर्षको हुनेछ । यसैगरी प्रदेश युवा परिषद नियमावली २०७७ स्वीकृत गर्ने निर्णय गरेको आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुङ्गेलले जानकारी दिनुभयो । यस्तै वैदेशिक सहयोग प्राप्ति र कर छुटका लागि सङ्घीय सरकारलाई सिफारिस गर्ने निर्णय समेत गरेको छ ।



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०