Tuesday, 16th June, 2026
वि.स.

मदन भण्डारी फाउण्डेशन मकवानपुरले ६८औं मदन जयन्ती मनाउने

madanvandari-1593244774.jpg

मदन भण्डारी फाउण्डेशन मकवानपुरले भोली असाढ १४ गते ६८ औं मदन जयन्ती मनाउने निर्णय गरेको छ । शनिबार बसेको फाउण्डेशनको बैठकले बृक्षा रोपण कार्यक्रम गरेर मदन जयन्ती कार्यक्रम मनाउने निर्णय गरेको हो ।

मदन भण्डारी फाउण्डेशन मकवानपुरका अध्यक्ष रघुनाथ खुलालको अध्यक्षतामा शनिबार बसेको बैठकले मदन जयन्तीका अवसरमा बृक्षा रोपण कार्यक्रम गर्ने निर्णय गरेको हो । आइतबार हेटौंडा–९ स्थित मदन बाल उद्यानमा बृक्षा रोपण कार्यक्रम आयोजना गरिने अध्यक्ष खुलालले जानकारी दिए । आइतबार  बिहान बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको प्रमुख आतिथ्यतामा बृक्षा रोपण कार्यक्रम हुने उनले जानकारी दिए। फाउण्डेशनले हरेक वर्ष विभिन्न कार्यक्रम गरेर मदन जयन्ती मनाउने गरेको र यस वर्ष भने बृक्षा रोपण कार्यक्रम आयोजना गर्न लागिएको उनले बए।

त्यस्तै बैठकले मदन भण्डारी फाउण्डेशन, कोभिड–१९ प्रदेश आपतकालिन कोष प्रदेश कमिटीमा फाउण्डेशन मकवानपुरका तर्फबाट १५ हजार रुपैया उपलब्ध गराउने गर्ने निर्णय समेत गरेको छ । फाउण्डेशनले सामाजिक क्षेत्रमा समेत सकृय रुपमा कार्यक्रमहरु गर्दै आएको सन्दर्भमा अहिलेको कोरोना भाईरसका कारण जटिल परिस्थितीमा फाउण्डेशनबाट आधिकारीक पत्राचार भएपछि सो रकम उपलब्ध गराईने उनले बताए। 



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०