nakuhine-bastu-sankalan-1706086939.jpg
Saturday, 18th May, 2024
वि.स.
1000043965-1707579226.jpg

मतदान केन्द्रमा मोबाइल लैजान नपाईने, सेल्फी खिच्न पनि नपाइने

dc76Ey5Ri-1494636770.jpg

स्थानीय चुनावमा भोट हाल्न जाँदा मोबाइल बोकेर जाँदै हुनुहुन्छ रु यदि त्यसो हो भने घरमै मोबाइल छाडेर जाँदा बेस हुन्छ । किनकी मतदान केन्द्रमा मोबाइल फोन निषेध गरिएको छ । निर्वाचन आयोगले ३१ वैशाखमा हुने स्थानीय तह निर्वाचनका सबै मतदान केन्द्रमा मोबाइल फोन निषेध गरेको हो । निर्वाचन अधिकृत बाहेक अरु कसैले पनि मोबाइल फोन साथमा लिएर मतदान केन्द्रमा जान नपाउने निर्वाचन आयोगका सूचना अधिकृत सूर्यप्रसाद अर्यालले बताए ।

कसैले मतदान गरेको प्रमाण स्वरुप फोटो खिचेर ल्याऊ भन्नसक्ने भएकाले मतदातालाई मोबाइल नै लान नदिने निर्णय गरिएको उनले बताए । मतपत्र लिनुअघि नै मोबाइल साथमा हुन नहुने उनले बताए । ‘मतदान अधिकृतलाई बन्देज गरिएको छैन । अरु सबैलाई बन्देज गरिएको छ,’ अर्यालले भने, ‘मतदान गोप्य हुने भएकाले गोपनियताको लागि यस्तो गरिएको हो ।’ त्यसो त मतदान गर्दै सेलफी खिच्न पनि नपाइने भएको छ । 

कसैले मतदान गरेको प्रमाण स्वरुप फोटो खिचेर ल्याऊ भन्नसक्ने भएकाले मतदातालाई मोबाइल नै लान नदिने निर्णय गरिएको उनले बताए । मतपत्र लिनुअघि नै मोबाइल साथमा हुन नहुने उनले बताए ।