Saturday, 20th June, 2026
वि.स.

मतदाता नामावली संकलन स्थगन गर्न निर्वाचन आयोगको निर्देशन

Election-1608567130.jpg

निर्वाचन आयोगले मतदाता नामावली संकलन स्थगत गर्न सबै जिल्ला निर्वाचन कार्यालयहरूलाई निर्देशन जारी गरेको छ। सोमबार आयोगले सबै निर्वाचन कार्यालयलाई परिपत्र गर्दै यस्तो निर्देशन जारी गरेको हो। 

'जिल्ला निर्वाचन कार्यालयहरूबाट भइरहेको मतदाता नामावली सङ्कलनसम्बन्धी कार्य अर्को व्यवस्था नभएसम्मका लागि स्थगन गर्ने निर्णय भएको' भन्दै यस्तो निर्देशन जारी गरेको हो। 

सरकारले २०७८ बैसाख १७ गते र २७ गते प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति तोकेको सन्दर्भमा उल्लेख गर्दै मतदाता नामावली संकलन बन्द गर्न भनिएको हो। अर्को व्यवस्था नभएसम्मको लागि स्थगन गर्न आयोगले भनेको हो। 

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेपछि सरकारले बैसाखमा निर्वाचनको मिति तय गरेको छ। 

No description available.



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०