Monday, 15th June, 2026
वि.स.

मतदाता नामावली दर्ता गराउन आग्रह

मकवानपुरबासीलाई मतदाता दर्ता तथा अद्यावधिक गर्न जिल्ला निर्वाचन कार्यालय मकवानपुरले आग्रह गरेको छ । ६ माघमा हेटौंडामा राजनीतिक दल तथा सरोकारवालाहरुसँग अन्र्तक्रिया गर्दै कार्यालयले मतदान नामावली दर्ता र अद्यावधिक गर्न आग्रह गरेको हो । कार्यालयमा पुस मसान्तसम्म २ लाख ७५ हजार १ सय ८२ जना मतदाताले आफ्नो नाम दर्ता गराएका छन् ।

दर्ता भएका मध्ये ८ हजार जना १६ देखि १८ उमेरका रहेको जिल्ला निर्वाचन कार्यालय मकवानपुरका जिल्ला निर्वाचन अधिकारी गोविन्द पौडेलले बताए । प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचन प्रयोजनको मितिमा १८ वर्ष पुगेका मतदाता २ लाख ५५ हजार ६ सय ३ रहेको पौडेलले जानकारी दिए ।

कार्यालय समयमा हरेक दिन मतदान नामावली दर्ता र अद्यावधिक गर्ने काम चलिरहेको भन्दै आगामी निर्वाचन अगावै दर्ता गराइसक्न आग्रह गरेको हो । कार्यालयले निर्वाचनको पर्वसन्ध्यामा दर्ता र अद्यावधिक गर्ने कार्यले कठिनाई आउने र मतदाताको लागि पनि समस्या हुने भन्दै समयमै दर्ता गराउन आग्रह गरेको हो ।



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०