Sunday, 14th June, 2026
वि.स.
Thaha-002-1774415222.gif

मझुवा खानेपानी आयोजनामा उपसमितिहरुको सक्रियता

मकवानपुर थाहा नगरपालिकाको वडा नं. ७ मा संचालन गरिने मझुवा खानेपानी आयोजनालाई थप व्यवस्थित गरी संचालन गर्नका लागि विभिन्न उपसमितिहरु गठन गरिएको छ । 

वडा नम्बर ७ को चिसापानी स्थित सेल्टर डाँडामा भएको उपभोक्ताहरुको भेलालले उपसमितिहरु गठन गरिएको स्थानीय उपभोक्ता विष्णु वाइवाले जानकारी दिए । वडा अध्यक्ष सनमसिं मुक्तानको विशेष उपस्थितीमा भएको भेलाले श्रमदान परिचालन समिति, बल बहादुर गोङ्बाको संयोजकत्वमा सामान खरिद उपसमिति, राजेश कुमार कार्की संयोजकत्वमा  लेखा उपसमिति, र सनमसिंह मुक्तान संयोजकत्वमा अनुगमन तथा सहजीकरण उपसमिति गठन गरेको मझाुवा खानेपानी उपभोक्ता समितिका सचिव बल बहादुर गोङ्बाले जानकारी दिए। । 

स्थानीय, प्रदेश सरकार, अन्तराष्ट्रिय गैर सरकारी संस्था च्वाइस नेपाल, जिल्ला समन्वय समितिलगायतका संस्थाहरुसंगको साँझेदारीमा करिब ५ करोडको लगानीमा उक्त खानेपानी आयोजना निर्माण हुन लागेको हो । भेलामा वडा सदस्य सुन्तलीमाया गुरुङ, च्वाइस प्रतिनीध प्रताप घिमिरे, कुल प्रसाद तिवारी र प्राविधिक इन्जिनियर विलास थापाको उपस्थिती रहेको थियो ।

मझुवा खानेपानी आयोजना निर्माणका लागि बाट वडा नम्बर ७ का ३ सय ८० परिवार लाभान्वित् हुनेछन् । 
 



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०