Sunday, 21st June, 2026
वि.स.

मकवावानपुरका तीन जना पर्साबाट पक्राउ

pg-1617608039.jpg

प्रहरीले पर्साबाट १० किलो गाँजासहित तीन जनालाई पक्राउ गरेको छ।

मकवानपुरबाट वीरगञ्ज गइरहेका तीन जनालाई प्रहरीले आइतबार अपराह्न गाँजासहित पक्राउ गरेको हो।

पक्राउ पर्नेमा मकवानपुर राक्सिराङ गाउँपालिका-७ का जयबहादुर गोले, सोही ठाउँकी विष्णुमाया तामाङ र मनहरि गाउँपालिका मुइया परियार छन्।

वीरगञ्ज-२१ परवानीपुरबाट उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ। पक्राउ परेकालाई लागुऔषध मुद्दामा अनुसन्धान थालिएको प्रहरीले जनाएको छ।



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०