Thursday, 27th August, 2026
वि.स.

मकवानपुर साइक्लिष्टको भीमफेदीमा भव्य स्वागत 

Welcome-23-1479470156.jpg

मकवानपुरको भीमफेदी हुँदै चित्लाङ तथा जिल्लाको पर्यटकीय क्षेत्रको भ्रमणका लागि चालीस साइकलक्ष्टिले ३ मंसीरबाट यात्रा शुरु गरेका छन् । टोलीलाई निब्टा क्लब निबुवाटार र प्रज्ञा महिला समुह भीमफेदीले पुष्प बर्षा सहित भब्य स्वागत गरेको छ । भीमफेदी मकवानपुरको प्राचीन ऐतिहासिक स्थल हो । मकवानपुर भ्रमण बर्ष २०१६ उपलक्ष्यमा मकवानपुर साइक्लिीङ संघ हेटौडाद्वारा यात्राको आयोजना गरिएको हो । 

संघका संयोजक संगीत श्रेष्ठको नेतृत्वमा हेटांैडा पिपलबोटबाट आरम्भ भएको साइकल यात्रा भैसे, निबुवाटार, भीमफेदी कुलेखानी मार्खु हुदै चित्लाङसम्म पुग्ने रुट बनायइको छ ।  टोलीमा काठमाण्डौबाट आएका २२ साइकल चालक चित्लाङमा भेट गर्ने तालीका बनायइको छ । मकवानपुर साइक्लिीङ संघ हेटौडाले निब्टा क्लब निबुवाटार र प्रज्ञा महिला समुहलाई मायांको चिनो प्रदान गरेको थियो । 

मकवानपुर साइक्लिीङ टोलीलाई स्वागत सत्कार गर्न पाएकोमा प्रज्ञा महिला समुहकी अध्यक्ष शान्ती राजबहाकले खुशी व्यक्त गरिन् । 

-सुरेन्द्र थिंके/भीमफेदी



https://thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif