nakuhine-bastu-sankalan-1706086939.jpg
Saturday, 4th May, 2024
वि.स.
1000043965-1707579226.jpg

मकवानपुर साइक्लिष्टको भीमफेदीमा भव्य स्वागत 

Welcome-23-1479470156.jpg

मकवानपुरको भीमफेदी हुँदै चित्लाङ तथा जिल्लाको पर्यटकीय क्षेत्रको भ्रमणका लागि चालीस साइकलक्ष्टिले ३ मंसीरबाट यात्रा शुरु गरेका छन् । टोलीलाई निब्टा क्लब निबुवाटार र प्रज्ञा महिला समुह भीमफेदीले पुष्प बर्षा सहित भब्य स्वागत गरेको छ । भीमफेदी मकवानपुरको प्राचीन ऐतिहासिक स्थल हो । मकवानपुर भ्रमण बर्ष २०१६ उपलक्ष्यमा मकवानपुर साइक्लिीङ संघ हेटौडाद्वारा यात्राको आयोजना गरिएको हो । 

संघका संयोजक संगीत श्रेष्ठको नेतृत्वमा हेटांैडा पिपलबोटबाट आरम्भ भएको साइकल यात्रा भैसे, निबुवाटार, भीमफेदी कुलेखानी मार्खु हुदै चित्लाङसम्म पुग्ने रुट बनायइको छ ।  टोलीमा काठमाण्डौबाट आएका २२ साइकल चालक चित्लाङमा भेट गर्ने तालीका बनायइको छ । मकवानपुर साइक्लिीङ संघ हेटौडाले निब्टा क्लब निबुवाटार र प्रज्ञा महिला समुहलाई मायांको चिनो प्रदान गरेको थियो । 

मकवानपुर साइक्लिीङ टोलीलाई स्वागत सत्कार गर्न पाएकोमा प्रज्ञा महिला समुहकी अध्यक्ष शान्ती राजबहाकले खुशी व्यक्त गरिन् । 

-सुरेन्द्र थिंके/भीमफेदी



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)