nakuhine-bastu-sankalan-1706086939.jpg
Friday, 26th April, 2024
वि.स.
1000043965-1707579226.jpg

मकवानपुर सहकारी अस्पतालको एक नर्सलाई कोरोना पुष्टि

corona1-1597038624.jpg

 हेटौंडाको मकवानपुर सहकारी अस्पतालमा कार्यरत एक नर्समा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।  आईतबार मकवानपुरको विभिन स्थानका २३ जना पुष्टि भएकामा सहकारी अस्पतालमा कार्यरत एक नर्समा पनि पुष्टि भएको हो ।

मकवानपुर सहकारी अस्पतालका संचालक विश्णु गोपाल महर्जनलले खबरब्रेकलाई दिएको जानकारी अनुसार अस्पतालमा कार्यरत एक नर्समा कोरोना देखिए संगै अस्पतालमा कार्यरत १२ जना अस्पतालको क्वारेन्टिनमा रहेका छन् । उनले जनस्वास्थ्यलाई ध्यान दिँदै अन्य सम्पूर्ण सेवा सुचारु रहेको समेत बताए ।

यसगरि हेटौंडामा कोरोना भाइरस संक्रमितको संख्या बढ्दै गएपछि आईतबाट मकवानपुर जिल्ला प्रशासन कार्यलयले आज राति १२ बजेबाट हेटौंडा उपमहानगरपालिका सहित महेन्द्र राजमार्गले छोएका मकवानपुरको मनहरी गाउँपालिकाको वडामा समेत निषेधज्ञा गर्न सिफारिस गरेको छ ।



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)