nakuhine-bastu-sankalan-1706086939.jpg
Wednesday, 8th May, 2024
वि.स.
1000043965-1707579226.jpg

मकवानपुर परिचय-भाग दुई विमोचन

मकवानपुरे लेखक केदार प्रसाद न्यौपानेद्वारा लिखित “मकवानपुर परिचय” भाग दुई नामक पुस्तकको आज विमोचन भएको छ । जिल्ला समन्वय समितिमा भएको कार्यक्रममा जिसस मकवानपुरका प्रमुख रघुनाथ खुलाल तथा उपप्रमुख भगवती पुडासैनीले पुस्तकको विमोचन गरेका हुन् ।

मकवानपुरको पुरातात्विक ऐतिहासिक,भौगोलिक,सामाजिक,सांस्कृतिक र पर्यटकीय धार्मिक स्थललाई समेटेर लेखिएको पुस्तकले मकवानपुरको विकास तथा पर्यटन प्रर्वद्धनमा महत्वपूर्ण योगदान दिने कार्यक्रममा सभाअध्यक्ष जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालले बताए ।

मकवानपुरमा रहेको ऐतिहाँसिक तथा सास्कृतिक पक्ष सहित यहाका प्राचिन विषयबस्तुमाथि पुस्तकले निकै राम्रो विश्लेषण गरेको पुस्तक विमोचनको क्रममा समिक्षा गर्दै साहित्यकार रामचन्द्र फुर्सतीले बताए । पुस्तकमा अझै धेरै विषयहरु समेटनुपर्नेमा जोड दिँदै उनले अब भाग तीन प्रकाशन गरि छुटेका विषयहरुलाई समेटनुपर्ने बताए ।

पुस्तक विमोचनमा बोल्दै लेखक न्यौपानेले आफुले जानेको र रिसर्च गरेको सबै विषय पुस्तकमा ल्याएको भन्दै थप अध्ययन र अनुसन्धान गरि फेरि भाग तीन पनि निकाल्ने बताए ।