Saturday, 20th June, 2026
वि.स.

मकवानपुर जिल्ला अदालतमा छ महिनामा ५१९ मुद्दा फैसला

adalat-1612436924.jpg

 मकवानपुर जिल्ला अदालत हेटौँडाले चालू आर्थिक वर्षको छ महिनामा ५१९ वटा मुद्दा फैसला गरेको छ । गत आर्थिक वर्षबाट दायित्व सरेर आएको र चालू आर्थिक वर्षमा थपिएकामध्ये पुस मसान्तसम्म ५१९ मुद्दा फछ्र्यौट भएको अदालतका स्रेस्तेदार तीर्थराज भट्टराईले जानकारी दिए ।

गत आर्थिक वर्ष दर्ता भएका ९१४ मध्ये ५१९ मुद्दा फछ्र्यौट गरिएको हो । गत आवमा फछ्र्यौट हुन बाँकी ३९५ मुद्दाको दायित्व र चालू आवकोे पुस मसान्तसम्म थप ७१४ मुद्दा दर्ता भई यस वर्ष एक हजार १०९ मुद्दा पुगेको बताइएको छ ।अदालतले एक भिजन एक मिशन, एक वर्षभित्र न्याय सम्पादनको सिद्धान्तलाई अङ्गीकार गरेको जानकारी दिनुहुँदै भट्टराईले सबै किसिमका मुद्दाहरु छ महिनादेखि एक वर्षभित्र फछ्र्यौट गर्ने गरी काम भइरहेको बताए ।

कोरोनाको महामारीका कारण अदालतको काम कारबाही प्रभावित भएकाले पुरानो मुद्दा फैसलामा ढिलाइ भएको उनले बताए । अघिल्लो आवबाट जिम्मेवारी सरेर आएको दुई वर्ष पुरानो १६ मुद्दा फैसला हुन बाँकी छ । उक्त मुद्दामध्ये १० देवानी तथा ६ फौजदारी मुद्दा फैसला गर्न बाँकी छ ।रासस



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०