nakuhine-bastu-sankalan-1706086939.jpg
Tuesday, 14th May, 2024
वि.स.
1000043965-1707579226.jpg

मकवानपुर जिल्लासभाको तयारी थालियो

IMG_4576-1594313601.JPG

मकवानपुर जिल्लाको स्थानिय तह समन्वय बैठक २५ असारमा बसेको छ । जिल्ला समन्वय समिति (जिसस) मकवानपुरले हरेक महिना नियमित रुपमा आयोजना गर्ने समन्वय बैठक बसेको हो । 

जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालको अध्यक्षतामा बसेको बैठकमा जिल्ला सभाको तयारी लगायत जिल्लाका विभिन्न स्थानीय तहहरुमा आईपरेका विविध समस्याका विषयमा छलफल गर्नुका साथै विभिन्न विषयमा निर्णय समेत गरेको छ । 

बैठकमा जिल्लासभाको आयोजना, निजि आवास पुनर्निमार्ण, वैदेशिक रोजगारीबाट फर्किकाहरुको यकिन तथ्याङ्क विवरण, स्थानिय तहका सुचनाको नियमितता, नदिजन्य पदार्थको स्टक प्रमाणिकरण, होल्डिङ स्टेसन संचालन, शैक्षिक सहयोग अक्षयकोषमा साझेदारी, अनौपचारीक शैक्षिक कृयाकलाप संचालन, उपभोक्ता हित, जिल्लाको डकुमेन्ट्री निर्माण, गोल्डकप आयोजनामा सहयोग, सहयोगापेक्षी सडक मानव मुक्त बनाउन सहयोग, बालमैत्री स्थानीयतह निर्माण, ऐन नियम, कार्यविधिमा एकरुपता ल्याउने तथा विपद व्यवस्थापनका विषयमा छलफल भएको जिसस प्रमुख रघुनाथ खुलालले जानकारी दिए । 

बैठकमा जिल्ला सभा गर्ने सन्र्दभमा जिससले सुचक बनाएर पठाउने र सोहि अनुसार स्थानीय तहहरुले कार्यान्वयन गर्ने निर्णय गरेको उनले बताए । त्यस्तै निजि आवास पुननिर्मार्णका सम्बन्धमा सम्झौता हुन बाँकी लाभग्राहीको छिटो सम्झौता गर्न स्थानिय तहले भुमिका खेल्ने निर्णय गरेको छ । वैदेशिक रोजगारीबाट पर्किएकाहरुको विवरण तयार गर्ने सन्र्दभमा स्थानिय तहले विवरण तयार गर्ने र स्थानिय तहलाई उक्त विवरण तयार गर्न समस्या देखिएकाले आगामी दिनमा विदेश जानेहरुको स्थानिय तहबाट अनिवार्य सिफारीसको व्यवस्थाका लागि सम्बन्धीत निकायलाई अनुरोध गर्ने निर्याय गरेको उनले बताए ।

यस्तै नदिजन्य पदार्थको स्टक प्रमाणिकरणका विषयमा जिल्ला अनुगमन समितिद्धारा गठन गरिएको समितिको बारेमा बैठकमा जानकारी गराईएको छ । अनुगमन समितिको प्रतिवेदनका आधारमा स्टक प्रमाणिकरणको काम अगाडी बढाईने र समितिलाई सहयोग गर्न बैठकमा आग्रह गरिएको छ । 

त्यस्तै आजको बैठकले स्थानीय तह तथा विभिन्न संघसंस्थाहरुको सहयोगमा जिससले संचालन गरेको होल्डिङ स्टेसनले जिल्लामा बैदेशिक रोजगारीबाट फकर्नेहरुलाई सहजता मिलेको र यसलाई नियमित गर्नुपर्ने निर्णय गरेको छ । हालसम्म होल्डिङ स्टेसनबाट जिल्लाका विभिन्न स्थानिय तहका २६४ जनाले सेवा लिएको जानकारी दिए । हालसम्म जिल्लाका ५ वटा स्थानिय तहहरुले निर्णय भए अनुसारको रकम जिससलाई उपलब्ध गराएको सन्र्दभमा बैठकमा उपस्थित स्थानीय तहका प्रमुख÷उपप्रमुखहरुले बाँकी स्थानीय तहहरुलाई पनि यथासक्य छिटो रकम उपलब्ध गराउन र होल्डिङ स्टेसनलाई निरन्तरता दिन सुझाव दिएको उनले बताए । 

स्थानिय तहहरुले आवश्यक्ताका आधारमा स्थानिय तहहरुले थप सहयोग गर्न समेत तयार रहेको र होल्डिङ् स्टेसनलाई निरन्तरता दिने छलफलबाट निष्कर्ष निकालेको उनले बताए । 

त्यस्तै बैठकले स्थानिय तहमा शैक्षिक कृयाकलाप संचालन गर्ने विषयमा समेत छलफल गरेको छ । सो विषयमा स्थानिय तहले कुनै न कुनै माध्यमबाट शैक्षिक सिकाईलाई नियमित गर्ने÷गराउने निर्णय भएको उनले जानकारी दिए । त्यस्तै स्थानिय तहमा उपभोक्ता हितका विषयमा संयमित भएर लाग्न तथा उपभोक्ताको अधिकार स्थापित गर्न ऐन, नियम, कार्यविधि बनाएर कार्यान्वयन गर्ने निर्णय गरेको प्रमुख खुलालले जानकारी दिए । यसका साथै आजको बैठकले स्थानिय तहमा सुचना व्यवस्थापनमा ध्यान दिने, मकवानपुर जिल्लाको डकुमेन्ट्री तयार गर्ने, सामाजिक सुधार र बालमैत्री स्थानीय तह निर्माणमा लाग्ने, स्थानिय तह सहिद स्मृति गोल्ड कप संचालनमा सहयोग गर्ने, सहयोगापेक्षी सडक मानव मुक्त कार्यमा सहयोग निरन्तरता दिने, विपद व्यवस्थापनमा समयमै ध्यान दिर्नेलगायत निर्णय भएको प्रमुख खुलालले जानकारी दिए । 

बैठकमा जिसस उपप्रमुख भगवती पुडासैनी, जिल्लाका १० वटै पालिकाका प्रमुख/उपप्रमुख, प्रमुख जिल्ला अधिकारी दिपशराज नेपाल, जिल्ला समन्वय अधिकारी आनन्दराज पोखरेल, विभिन्न स्थानिय तहका प्रमुख प्रशासकिय अधिकृतलगायतको सहभागिता थियो । 
 



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)







Makai-bali-prabardhan-1706086965.jpg
bali-bima-ko-suchana-1701933793.jpg
1000043372-1706361050.jpg