Monday, 15th June, 2026
वि.स.

मकवानपुर जिल्लामा दादुरा–रुवेला खोप लगाउन सुरू

khop-karyakram-1584181310.jpg

 मकवानपुरमा चैत १ बाट दादुरा रुवेला खोप अभियान सुरुभएको छ।  सरकारको आर्थीक बर्ष २०७६–७७ मा बहुबर्षीय खोप योजना अन्तर्गत मकवानपुरमा जिल्लामा आजबाट पहिलो चरणको दादुरारुवेला खोप अभियान कार्यक्रम सञ्चालन भएको जिल्ला समन्व्य सिमित मकवानपुरका प्रमुख एवम् दादुरा–रूवेला खोप अभियानका संयोजक रघुनाथ खुलालले जानकारी दिए ।

जिल्लाका १० पालिकामा गरि दुई चरणमा सञ्चालन हुने अभियान अन्तरगत एक हजार १ सय ७८ जना खोप कार्यकर्ता मार्फत ५ सय ४१ स्थानमा खोपकेन्द्रबाट खोप लगाइने संयोजक खुलालले जानकारी दिए । पहिलो चरणमा  बकैया गाउँपालिकामा १ चैत्र देखि २३ गते सम्म, राक्सिराङ गाउँपालिकामा १चैत्र ६ गते सम्म, कैलाश गाउँपालिकामा१ चैत्र देखि ११ गते सम्म, बागमती गाउँपालिकामा१ चैत्र देखि ९ गते सम्म र मनहरी गाउँपालिकामा १ चैत्र देखि८ गते सम्म कार्यक्रम संचालन हुने उनले जानकारी दिए । त्यस्तै अभियानको दोस्रो चरणमा भीमफेदी गाउँपालिकामा चैत्र १० गतेबाट १८ गते सम्म, इन्द्रसरोवर गाउँपालिकामा १५ गतेबाट २३ गते सम्म, मकवानपुरगढी गाउँपालिकामा १७ गतेबाट २३ गते सम्म, थाहानगरमा १५ गतेबाट २३ गते सम्म र हेटौंडा उपमहानगरमा ११ गतेबाट १९ गते सम्म सञ्चालन हुने संयोजक खुलालले बताए ।

दादुरा रुवेला खोप अभियान अन्र्तगत जिल्लाका ४३ हजार बालबालिकालाई खोप लागाइने जनाईएको छ । दुईचरणमा सञ्चालन हुने कार्यक्रममा ९ देखि २४ महिनाका १२ हजार ९८ र २४ देखि ५९ महिनाका ३१ हजार २०५ जना गरि ४३ हजार ३०३ बालबालिकालाई दादुरा रुवेला बिरुद्धको खोप लगाईने संयोजक खुलालले जानकारी दिए । 



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०

khop-karyakram-1584181312.jpg