Monday, 15th June, 2026
वि.स.

मकवानपुर गढीमा  घुम्ती स्वास्थ्य शिविर 

मकवानपुर गढीमा एक दिने निःशुल्क स्वास्थ्य शिविर बुधबार सम्पन्न भएको छ । युवा सेवा समाज(युसेस) मकवानपुरको आयोजना तथा युनिलिभर नेपाल लिमिटेडको साझेदारीमा शिविर आयोजना गरिएको हो । मकवानपुर गढी गाउँपालिका ४ स्थित शहीद रुद्र स्मृति सामुदायिक स्वास्थ्य ईकाइ कार्यालयको  भवनमा आयोजित स्वास्थ्य शिविरमा ८९ जनाले सेवा लिएका थिए ।

शिविरमा छ बर्षकी बालिकादेखी ७७ बर्षका बृद्धसमेत रहेको युसेसका अध्यक्ष बुद्धशरण लामाले बताए । उनका अनुसार स्वास्थ परिक्षण पश्चात्  बिरामीहरुलाई निःशुल्क औषधि पनि वितरण गरिएको छ । विशेष गरी  दाँत सम्बन्धि स्वास्थ्य समस्या भएकाले सेवा लिएको शिविरमा दन्त चिकित्सक डा. अरिफ करिम र अन्य समस्या हुनेका लागि फिजिसियन डा. सन्ध्या अधिकारीले सेवा प्रदान गरेका थिए ।

शिविरको स्थानीय संयोजनमा सृजनशील समाज बचत तथा ऋण सहकारी संस्था रहेको थियो । शिविरको गढी गाउँपालिका ४ का वडा अध्यक्ष रामप्रसाद तिमिल्सिना, गाउँपालिकाको स्वास्थ इकाई प्रमुख विदुर लामिछाने र सृजनशील समाज बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष कृष्ण बिडारीलगाएतले निरिक्षण गरेका थिए ।