Wednesday, 26th August, 2026
वि.स.

मकवानपुर उद्योग वाणिज्य संघमा थप सल्लाहकार चयन

मकवानपुर उद्योग वाणिज्य संघमा संघको कार्यसमितिको वैठकले संघका पूर्व कार्यसमिति सदस्य जयकालिका हार्डवेयरका प्रोप्राईटर कृष्णबहादुर कार्कीलाई अध्यक्ष सल्लाहकारमा मनोनित गरेको छ । 

हेटौंडा जेसीज वर्ष २०१३ का अध्यक्ष, लायन्स क्लव अफ मकवानपुरका पूर्वअध्यक्ष कार्कीलार्इ १६ वैशाखमा बसेको बैठकले सल्लाहाकारमा चयन गरेको हो । 

त्यसैगरी बैठकले नेपाल पत्रकार महासंघ मकवानपुरका जिल्ला सचिव गणेश अधिकारीलाई प्रेस सल्लाहकारमा मनोनित गरेको छ । अधिकारीप्रदेश दैनिकका प्रकाशक तथा सम्पादक एवम् रेडियो मकवानपुरका स्टेशन मेनेजर हुन् ।



https://thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif