Saturday, 20th June, 2026
वि.स.

मकवानपुर उद्योग वाणिज्य संघको नयाँ निर्वाचन मिति तय

mcci-1617345626.jpg

 मकवानपुर उद्योग वाणिज्य संघको निर्वाचन २०७८ वैशाख १८ गते हुने भएको छ । संघको चैत्र १९ गते बसेको कार्यसमिति बैठकले नयाँ मिति तय गरेको हो । संघको ५४ औं वार्षिक साधारण सभाको कार्यक्रम भने बैशाख १५ गते हुने भएको हो ।

यस अघि २०७७ चैत्र २१ गते वार्षिक सभा र २३ गते निर्वाचन कार्यक्रम तय गरेको संघले २०७७ चैत्र ८ गते स्वास्थ्य मन्त्रालयबाट जारी प्रेस विज्ञप्ति र २०७७ चैत्र ९ गते जिल्ला प्रशासन कार्यालय मकवानपुरबाट जारी भेला, गोष्ठी, सभा, एबम् भीडभाड हुने कार्यहरु नगर्न सूचना गरेकाले स्थगित गरेको थियो ।सोपश्चात जिल्ला प्रशासन कार्यालय मकवानपुरबाट कोभिड संक्रमण बढ्न नदिन स्वास्थ्य सुरक्षाका मापदण्डहरु अपनाएर सभा तथा निर्वाचन कार्यक्रम गर्न सकिने आशयको पत्राचार भएकोले नयाँ मिति तय गरिएको संघले जनाएको छ ।



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०