Thursday, 4th June, 2026
वि.स.
Thaha-002-1774415222.gif

मकवानपुर उद्योग वाणिज्य संघको टोली भेटघाटमा व्यस्थ

मकवानपुर उद्योग वाणिज्य संघको टोलीले वुसान उद्योग वाणिज्य संघका पदाअधिकारीसंग भेटधाट गरेको छ । दक्षिण कोरियाको दोश्रो ठुलो शहर वुसानमा आयोजना हुन लागेको आप्रवासीहरुको बहुसांस्कृतिक मेला माम्फमा सहभागी हुन मकवानपुरवाट त्यहाँ पुगेको प्रतिनीधि मण्डलले भेटघाट गरेको हो । 

टोलीमा मकवानपुर उद्योग  वाणिज्य संघका अध्यक्ष राजकुमार न्यौपाने, महासचिव महेन्द्र राउत तथा कार्यसमिति सदस्य उज्वल चौलागाइ रहेकाछन् । १२ असोजमा वुसान उद्योग वाणिज्य संघका कार्यवाहक अध्यक्ष लि काव जोन तथा वुसान उद्योग वाणिज्य संघका एज्युकेटिभ डाईरेक्टर लि अल जोइसंग भेट गरे । भेटमा दिपक्षीय हित तथा आपसी सहकार्यमा छलफल भएको छ ।
मकवानपुरबाट टोली मकवानपुरको पर्यटन तथा एक जिल्ला एक उत्पादन अन्तर्गतको किवी खेती प्रबद्र्धनका लागि दक्षिण कोरिया गएको हो ।