nakuhine-bastu-sankalan-1706086939.jpg
Friday, 26th April, 2024
वि.स.
1000043965-1707579226.jpg

मकवानपुरले स्थानीय तह पुनर्संरचनाको प्रतिवेदन बुझाएन

जिल्ला विकास समितिहरुले स्थानीय तह पुनर्संरचनाको प्रतिवेदन बुझाउने अन्तिम दिन शनिबार २० कार्तिक भएपनि १५ जिल्लाले मात्रै बुझाएका छन् । शनिबार साँझसम्म अरु ६० जिल्लाले जस्तै मकवानपुरले पनि पुनर्संरचनाको प्रतिवेदन बुझाएको छैन । स्थानीय तह पुनर्संरचना आयोगका अनुसार शनिबार बेलुका ५ बजेसम्ममा इलाम, खोटाङ, अछाम, जुम्ला, बाँके, बझाङ, ललितपूर, सुनसरी, प्यूठान, धनकुटा, सिन्धुपाल्चोक, चितवन, म्याग्दी, सुर्खेत र दार्चुलाले मात्रै प्रतिवेदन बुझाएका छन् । 

यसमध्ये पनि ललितपूर र धनकुटाले आयोगले तोकेको अधिकतम् सीमाभन्दा बढी स्थानीय तहको प्रस्ताब गरेका छन् । आयोगले ललितपूरलाई ७ र धनकुटालाई ६ स्थानीय तह तोक्न निर्देशन दिएको थियो । ललितपूरले ८ र धनकुटाले ७ स्थानीय तहको प्रस्ताव गरेका छन् । 

आयोगका पदाधिकारीहरूले भने विदाका कारण सन्तोषजनक रुपमा काम गर्न नसकेको दाबी गरेका छन् ।