Monday, 15th June, 2026
वि.स.

मकवानपुरमा ५ सय ३१ जनाको र्‍यापिड टेष्ट

rdt-test-1587978232.jpg

 मकवानपुर जिल्लामा बिदेशबाट फर्किएकाहरु अधिकांशको र्‍यापिड डाइग्नोस्टिक टेस्ट ९आरडीटी० विधिबाट कोरोना संक्रमणको परिक्षण गरिएको छ ।

बिश्वका विभिन्न देशहरुमा कोरोना भाइरस(कोभिड १९) को संक्रमण फैलन थालेपछी नेपाल फर्किएकाहरु मध्य अधिकांशको आरडीटी टेष्ट गरिएको हो ।

मकवानपुरका दश वटा स्थानीय तहमा विदेशबाट फर्किएकाहरुको खोजी गर्दै आरडीटी टेष्टको कामलाई तिव्रता दिइएको छ । दशवटै स्थानीय तहमा गरी हाल सम्म ५ सय ३१ जनाको आरडीटी टेष्ट गरिएको बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ । टेष्ट गरिएका मध्यमा हेटौंडामा ४ जनाको रिपोर्ट पोजेटिभ आएको थियो । यो रिपोर्ट यसअघिनै सार्वजनिक भएको छ ।

हेटौंडामा पहिलो चरणमा विदेशबाट फर्किनेहरुमो आरडीटी टेष्ट २ सय ६९ जनामा गरिएको उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले जानकारी दिए ।

बिदेशबाट फर्किएकाहरुको हेटौंडाको १९ वटै वडामा खोजी गरेर सवैजसोको आरडीटी टेष्ट गर्ने काम पहिलो चरणमा सकिएको मेयर महतले वताउनुभयो । भारत लगायत बिभीन्न देशबाट हेटौंडा आएकाहरुलाई वडा वडामा गएर टेष्ट गरिएको थियो ।

त्यसैगरी मकवानपुरको थाहा नगरपालिका, मकवानपुर गढी गाउँपालिका, भिमफेदी गाउँपालिका, मनहरी गाउँपालिका, बकैया गाउँपालिका, बागमती गाउँपालिका, कैलाश गाउँपालिका, इन्द्रसरोवर गाउँपालिका र राक्सीराङ गाउँपालिकाले विदेशबाट फर्किएकाहरुमा आरडीटी टेष्ट गरेको छ ।



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०