Saturday, 20th June, 2026
वि.स.

मकवानपुरमा १२ सय १९ जनाले लगाए कोरोना विरुद्धको खोप

khop1-1612349121.jpg

 माघ १४ बाट सुरु भएको कोरोना भाइरस विरुद्धको खोप लागाउने अभियानमा अहिलेसम्म मकवानपुरमा १ हजार २ सय १९ जनाले खोप लगाएका छन् ।

आठौ दिनसम्म आईपुग्दा १ हजार २ सय १९ जनाले कोरोना विरुद्धको खोप लागाएको जिल्ला जनस्वास्थ्य कार्यलय मकवानपुरले जनाएको छ । कारोना विरुद्ध खोप लगाउने कार्यक्रम अन्तर्गत पहिलो दिन ११३ जनाले खोप लगाएका थिए भने दोस्रो दिन पनि १ सय १३ जनाले खोप लगाएको कार्यलयले जनाएको छ ।

यसैगरि तेस्रो दिन १ सय ४९ जना,चौथो दिन ९९ जना,पाँचौ दिन ३ सय १९ जना,छैठौ दिनमा २ सय ११ जना,सातौ दिनमा १ सय ७ जना र आठौ दिन १ सय ८ जनाले खोप लिएको कार्यलयले जनाएको छ ।

खोप लिनेहरुमा प्रत्यक्ष उपचार सेवा दिने वा खोप व्यवस्थापनमा खटिने स्वास्थ्यकर्मी, एम्बुलेन्स तथा शव बाहनका चालक र सहचालक,फोहोरमैला व्यवस्थापनमा खटिने फोहोर संकलक र चालक,खोप केन्द्रमा खटिने सुरक्षाकर्मी, स्वयं सेवक, शव व्यवस्थापनमा खटिएकाहरू, स्वास्थ्य स्वयंसेवकहरु रहेको जिल्ला जनस्वास्थ्य कार्यलय मकवानपुरले जनाएको छ । खोप लिनेहरुको स्वास्थ्य अवस्था सामान्यनै रहेको कार्यलयले जनाएको छ ।



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०