nakuhine-bastu-sankalan-1706086939.jpg
Friday, 26th April, 2024
वि.स.
1000043965-1707579226.jpg

मकवानपुरमा साप्ताहिक–पाक्षिक–प्रकाशक सञ्जाल गठन

मकवानपुरमा साप्ताहिक–पाक्षिक–प्रकाशक सञ्जाल गठन गरिएको छ । २२ फागुनमा एक पत्रकार भेलाको आयोजना गर्दै जनता जिन्दावाद साप्ताहिकका प्रकाशक तिलक अधिकारीको संयोजकत्वमा ९ सदस्सीय सञ्जाल गठन गरिएको हो । मकवानपुरमा सञ्चालनमा रहेको साप्ताहिक, पाक्षिक र मासिक पत्रिकाहरुले अहिले भोगिरहेको समस्या र त्यस्ता समस्याहरुको समाधानमा क्रियाशिल रुपमा कार्य गर्ने उद्देश्यका साथ संजाल गठन गरिएको हो ।

संजालले प्रकाशनमा ल्याउनै नसक्ने अवस्थामा रहेका पत्रपत्रिकाको हकहित र संरक्षणमा प्रभावकारी भूमिका खेल्नेछ । मकवानपुरमा करिब १८ वटा साप्ताहिकहरु संचालनमा रहेको र त्यस्ता साप्ताहिक तथा अनलाईन न्यूज मिडियालाई विभिन्न औद्योगिक क्षेत्र र सरकारी कार्यालयले विज्ञापनको समान वितरण नगरेको र दिएकालाई पनि धेरै कम मूल्यमा विज्ञापन प्रकाशन गर्न बाध्य बनाएको जस्ता अवस्थाहरुको निराकरणकालागि यो संजालले जोडदार कदम अघि सार्ने जानकारी दिइएको छ । कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघका नवनिर्वाचित अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि हरिप्रसाद हुमागाईले सञ्जालले गर्ने सकरात्मक कदममा पत्रकार महासंघ मकवानपुर र आफ्नो व्यक्तिगततर्फबाट भरपुर सहयोग र समर्थन रहने वचन दिनुभएको छ । सञ्जालमा संयोजक अधिकारी सहित सहसंयोजक अञ्जली थापा तथा सदस्यहरुमा शिव चौलागाई, नवराज वाईबा, बलराम पुडासैनी, बालकृष्ण दाहाल, गोबिन्द न्यौपाने, राज सापकोटा रहेका छन् । त्यस्तै एक जना सदस्य पछि मनोनित गरिने निर्णंय गरिएको छ ।

सञ्जालको सल्लाहकारमा मोहनमान सांगामी, नानीमैया बिष्ट, शिवकुमार काशी रिजाल, गिरिजा अधिकारी, ऋषि के.बि., कमलचन्द्र सुमन रहेका छन् । सञ्जालमा नेपाल पत्रकार महासंघका अध्यक्ष पदेन सल्लाहकार रहने समेत व्यवस्था गरिएको संजालका संयोजक अधिकारीले बताए । कार्यक्रम संयोजक अधिकारीको सभाध्यक्षता तथा पत्रकार महासंघका अध्यक्ष हरिप्रसाद हुमागाई र छापा माध्यमहरुको राष्ट्रिय सञ्जाल मकवानपुरका पुर्व अध्यक्ष गिरिजा अधिकारीको विशिष्ट आतिथ्यतामा सम्पन्न भएको हो ।