Wednesday, 17th June, 2026
वि.स.

मकवानपुरमा सवारी दुर्घटना, ९ जना घाईते

accident-new-1601445913.jpg

मकवानपुरको हेटौंडा उपमहानगरपालिकामा भएको सवारी दुर्घटनामा २७ महिने नाबालिका सहित ९ जना घाईते भएका छन् ।

पूर्व पश्चिम राजमार्ग अन्तर्गत हेटौंडा उपमहानगरपालिका वडा नंं.११ नवलपुरमा मनहरीबाट हेटौंडा तर्फ आउँदै गरेको ना ५ त ७७०० गुडिरहेको टयाकटरमा सोही दिशाबाट आउँदै गरेको ना १ ज ८६८५ नम्बरको माइक्रोबस ठोक्किँदा ९ जना घाईते भएको जिल्ला प्रहरी कार्याललय मकवानपुरका प्रबक्ता एवम् प्रहरी नायव उपरिक्षक इन्द्र बहादुर रानाले जानकारी दिए ।

घाइतेहरुको हेटौंडा–११ स्थित चुरेहिल अस्पतालमा उपचार भइरहेको र स्वास्थ्य अवस्था सामान्य रहेको प्रबक्ता रानाले बताए ।



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०