Saturday, 20th June, 2026
वि.स.

मकवानपुरमा सवारी दुर्घटना,३ जना घाइते

accident-new-1608874947.jpg

मनहरी गाँउपालिका वडा नम्बर ७ स्थित बजारबाट सुनाचुरी जादै गरेको मोटरसाइकल र अटो ठोकिदा मोटरसाइकल र अटोमा सवार तिन जना घाइते भएका छन् ।

बिहिवार साँझ ७ बजे मनहरी बजारबाट सुनाचुरी जादै गरेको अनटेष्ट मोटरसाइकल र सोहि दिशातर्फ जाँदै गरेको ना२ह २३७७ नम्बरको अटोले ठक्कर दिँदा अटोमा सवार मनहरी ७ रमनटारका वर्ष १८ को सुजन व्लोन घाइते भएका छन् । उनलाई थप उपचारको लागि चितवन स्थित पुरानो मेडिकल कलेजमा लगिएको मकवानपुर प्रहरीले जानकारी दिएको छ ।

अटो चालक र मोटरसाइकल चालक सामान्य घाइते भएका छन् । उनीहरुको प्राथमिक स्वास्थ्य चौकी मनहरीमा उपचार भइरहेको छ । मोटरसाइकल चालक जिल्ला पर्सा सबैठा गाउँपालिका वडा नम्बर ५ का १८ बर्षीय अमरजित कुमार, अटो चालक मनहरी–७ रमनटारका १८ बर्षीय सरोज थिङ रहेका छन् ।