Saturday, 20th June, 2026
वि.स.

मकवानपुरमा सवारी दुर्घटना : एकको मृत्यु,एक गम्भिर घाईते

accident-1610171326.jpg

मकवानपुरको हेटौंडा उपमहानगरपालिकामा बस र मोटरसाईकल एक आपसमा ठोक्किदाँ एक जनाको मृत्यु र एक जना गम्भिर घाईते भएका छन् । उपमहानगरपालिकाको वडा नंबर १५ को चुरियामाई उकालोमा बस र मोटरसाईकल एक आपसमा  ठोक्किदाँ मोटरसाईकलको पछाडी सवार ४३ वर्षीय देवी लामाको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय मकवानपुरका प्रहरी प्रवक्ता ईन्द्र बहादुर रानाले जानकारी दिए ।

उनका अनुसार गएराति चुरियामाईमा ११ बजे जनकपुरबाट काठमाण्डौ जाँदै गरेको ना ६ ख ६९६३ बस र विपरीत दिशाबाट आउँदै गरेको ना६३ प १५० नंबरको मोटरसाईकल एक आपसमा ठोक्किदा मोटरसाईकलको पछाडी सवार लामाको मृत्यु र मोटरसाईकल चालक गम्भिर घाईते भएका छन् ।

गम्भिर घाईते हुनेमा हेटौंडा उपमहानगरपालिका वडा नंबर ३ लेवटका ३६ वर्षीय इश्वर नेपाल रहेका छन् । उनको चितवन स्थित चितवन मेडिकल कलेजमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यलय मकवानपुरले जनाएको छ ।  ठक्कर दिने बस तथा चालक प्रहरी नियन्त्रणमा रहेको छ।



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०