nakuhine-bastu-sankalan-1706086939.jpg
Thursday, 25th April, 2024
वि.स.
1000043965-1707579226.jpg

मकवानपुरमा सक्रिय स्रंक्रमितको संख्या ५ सय नाघ्यो,लकडाउन घोषणा गरिँदै

makawanpur-1619854396.jpg

 मकवानपुरमा पनि लकडाउन घोषणा गरिने भएको छ ।

शनिबार साँझ लकडाउनको घोषणा गर्ने तयारी भएको जिल्ला प्रशासन कार्यलय मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरत मणी पाण्डेले बताए ।

कोरोना संक्रमितको संख्या तिब्र रुपमामा बढ्दै गएको र संक्रमण जोखिमलाई मध्यजनर गर्दै संक्रमण बढ्न नदिन लकडाउन घोषणा गर्न लागिएको प्रमुख अधिकारीले बताए । उनले शनिबार साँझ लकडाउनको घोषणा गरिने तयारी रहेको बताए ।

यसअघि जिल्ला प्रशासन कार्यलय मकवानपुरकाका प्रमुख पाण्डेले जिल्लामा सक्रिय संक्रमित ५ सय नाघेपछि संक्रमण बढ्न नदिन लकडाउन जारी गरिने बताउँदै आएका थिए ।

मकवानपुरमा सक्रिय संक्रमितको संख्या ५ सय नाघेको छ । पछिल्लो २४ घण्टामा २ सय ७४ जनामा गरिएको पिसिआर परीक्षणमा थप १ सय ७७ जनामा कोरोना भए संगै संक्रमितको संख्या ५ सय नाघेको हो । यो संगै मकवानपुरमा सक्रिय संक्रमितको संख्या ५ सय २४ पुगेको हेर्टौंडा अस्पतालमा रहेको कोरोना परीक्षण ल्याबका डाक्टर सागर काफ्लेले जनाकारी दिए ।

 



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)