Wednesday, 17th June, 2026
वि.स.

मकवानपुरमा सक्रिय संक्रमितको संख्या १ सय १९

corona-virous-1601713904.jpg

मकवानपुरमा हालसम्म पुष्टि भएका १३ सय ८४ जनामा हाल सक्रिय संक्रमितको संख्या १ सय १९ मात्र रहेको छन् । जसमा ३० जना आईसोलेसन र ८९ जना होम आइसोलेसन गरी १ सय १९ जना उपचाररत रहेका छन् ।

 जिल्लामा कोरोना भाइरस संक्रमण्ढा पुष्टि भएर निको हुनेको संख्या बढ्दै गएको छ । पछिल्लो दुई दिनमा जिल्लामा थप ६४ जना संक्रमण मुक्त भएका छन् । यो संगै जिल्लामा संक्रमण मुक्त हुनेको संख्या १ हजार २ सय ४२ पुगेको छ ।

हालसम्म कोरोनाको कारण १४ जनाको मृत्यु भएको जिल्ला जनस्वास्थ्य कार्यलय मकवानपुरका सूचना अधिकारी राम केसीले जानकारी दिए । मृत्यु हुनेमा हेटौंडा उपमहानगरपालिकाका १३ जना र मनहरी गाउँपालिकाका १ जना गरी १४ जना रहेका छन् । सूचना अधिकारी केसीका अनुसार आजको दिनमा जिल्लामा सक्रिय संक्रमितको संख्या १ सय १९ जना मात्र रहेका छन् । हालसम्म जिल्लाबाट थप उपचारको लागि ८ जनालाई जिल्ला बाहिरको अस्पतालमा रिफर गरिएको छ ।



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०