Tuesday, 16th June, 2026
वि.स.

मकवानपुरमा संघीय बजेट ३ अर्ब ७७ करोड ९९ लाख [कुन स्थानीय तहलाई कति ? हेर्नुहोस्]

Bajettt-1590821069.jpg

अर्थ मन्त्रालयले समानीकरण, सर्शत, विशेष र समपुरक अनुदान शीर्षकमा सात वटा प्रदेशलाई ९९ अर्ब ८७ करोड ३७ लाख रुपयाँ बजेट विनियोजन गरेको छ । यसैगरि मन्त्रालयले  लाई ३ खर्ब ६३ अर्ब रुपयाँ बजेट विनियेजन गरेको छ । मकवानपुरका लागि भने ३ अर्ब ७७ करोड ९९ लाख भागमा परेकाे छ ।

सरकारको अर्थ मन्त्रालयले सार्वजनिक गरेको बजेट रकममा मकवानपुरको १० स्थानिय तहको लागि यस्तो छ आउँदो आर्थिक वर्षको लागि बजेटः


हेटौंडा उपमहानगरपालिकाः

  • समानीकरण तर्फ : ३२ करोड ७५ लाख
  • सशर्त अनुदान तर्फ : ६६ करोड १४ लाख
  • कुल बजेट : ९८ करोड ८९ लाख रुपयाँ

थाहा नगरपालिका

  • समानीकरण तर्फ : १३ करोड ६ लाख
  • सशर्त अनुदान तर्फ :२५ करोड १५ लाख
  • समपुरक अनुदान : २ करोड
  • कुल बजेट : ४० करोड २१ लाख

बकैया गाउँपालिका

  • समानीकरण तर्फ : १२ करोड २३ लाख
  • सशर्त अनुदान तर्फ :२६ करोड ६५ लाख
  • कुल बजेट : ३८ करोड ८८ लाख

बागमती गाउँपालिका

  • समानीकरण तर्फ : १० करोड ८९ लाख
  • सशर्त अनुदान तर्फ : १९ करोड ८९ लाख
  • कुल बजेट : ३० करोड ७८ लाख

मकवानपुरगढी गाउँपालिका

  • समानीकरण तर्फ : ९ करोड ८९ लाख
  • सशर्त अनुदान तर्फ : २० करोड ४४ लाख
  • विशेष अनुदान : २ करोड २६ लाख
  • कुल बजेट : ३२ करोड ५९ लाख

भीमफेदि गाउँपालिका

  • समानीकरण तर्फ : १० करोड ६ लाख
  • सशर्त अनुदान तर्फ : १८ करोड ८१ लाख
  • विशेष अनुदान : २ करोड
  • कुल बजेट : ३० करोड ८७ लाख

ईन्द्रसरोबर गाउँपालिका

  • समानीकरण तर्फ : ७ करोड ३७ लाख
  • सशर्त अनुदान तर्फ : १० करोड ९२ लाख
  • विशेष अनुदान : १ करोड ६१ लाख
  • समपुरक अनुदान : १ करोड १६ लाख
  • कुल बजेट : २१ करोड ६ लाख

कैलाश गाउँपालिका

  • समानीकरण तर्फ : ९ करोड ३६ लाख
  • सशर्त अनुदान तर्फ : १६ करोड ३८ लाख
  • कुल बजेट : २५ करोड ७४ लाख

मनहरी गाउँपालिका

  • समानीकरण तर्फ : १२ करोड ५५ लाख
  • सशर्त अनुदान तर्फ : १८ करोड ४४ लाख
  • कुल बजेट : ३० करोड ९९ लाख

राक्सिराङ गाउँपालिका

  • समानीकरण तर्फ : ९ करोड ८५ लाख
  • सशर्त अनुदान तर्फ : १६ करोड १२ लाख
  • विशेष अनुदान : २ करोड
  • जम्मा बजेट : २७ करोड ९७ लाख

मकवानपुरको लागि विनियोजन भएको बजेटमा सबैभन्दा धेरै बजेट हेटौंडा उपमहानगरपालिका लागि ९८ करोड ८९ लाख विनियोजन भएको छ भने सबै भन्दा थोरै बजेट ईन्द्रसरोबर गाउँपालिकाको लागि २१ करोड ६ लाख विनियोजन भएको छ ।



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०