Sunday, 14th June, 2026
वि.स.
Thaha-002-1774415222.gif

मकवानपुरमा लागुऔषध सहित २ जना पक्राउ

जिल्ला प्रहरी कार्यालय मकवानपुरले हेटौंडाको बसपार्कबाट १० किलो २ सय ग्राम लागूऔषध सहित २ जनालाई पक्राउ गरेको छ । शनिबार खटिएको प्रहरी टोलीले बसपार्कमा हिंडिरहेको अवस्थामा धादिङ गजुरी गाउँपालिका ८ बस्ने ३२ बर्षिय सुर्य बहादुर तामाङलाई चरेश सहित पक्राउ गरेको हो ।

साथै अनुसन्धानको क्रममा धादिङको गल्छिबाट गजुरी ८ बस्ने भक्त बहादुर तामाङले हेटौडा बसपार्कसम्म ल्याई दिनु भनि खुल्न आएको र दुवै जनाको बारम्बार फोन कन्ट्याक तथा हेटौडा बसपार्कमा बस्ने योजना भएको प्रमाणको आधारमा गजुरी बस्ने भक्त बहादुर तामाङलाई पनि बसपार्कबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०