nakuhine-bastu-sankalan-1706086939.jpg
Monday, 29th April, 2024
वि.स.
1000043965-1707579226.jpg

मकवानपुरमा राजमार्ग चौडा पार्न सुरु

एशियन हाइवेको मापदण्डअनुसार सडक चौडा गर्ने क्रम मकवानपुरमा सोमबारबाट सुरु भएको छ। चितवन र मकवानपुरको सिमामा पर्ने लोथरबाट दोस्रो पटक राजमार्ग चौडा पार्ने काम सुरु गरिएको हो।

यसअघि केही वर्ष अगाडी हेटौंडाको डिभिजन सडक कार्यालयले आफैं कम्पाउण्ड वाल भत्काउँदै राजमार्ग चौडा कार्यक्रमको सुरुआत गरेको थियो। तर स्थानीयको तीव्र विरोधको कारण स्थागित गरिएको थियो।

सोमबारबाट सुरु गरिएको राजमार्ग चौडा कार्यक्रम अन्तर्गत पहिलो दिन मकवानपुर लोथरका २० टहरा भत्काइएको डिभिजन सडक कार्यालय हेटौँडाका सूचना अधिकारी जयराम अधिकारीले बताए। मकवानपुरको मनहरी गाउँपालिका लोथरमा सोमबार सडक कार्यालयको डोजर जाने बित्तिकै केही स्थानीयहरुले आफ्नो घर खालि गरेको बताइएको छ।

‘सडक सिमाका संरचना हटाउनका लागि दिइएको १५ दिनको म्याद सकिएकोले हामीले नै भत्काउनु पर्ने अवस्था आएको हो’ अधिकारीले भने, ‘स्थानीयले संरचना आफंै भत्काउने हो भने सुरक्षित हुने थियो, हामीलाई पनि सहयोग हुने थियो।’

मकवानपुरको मुख्य बजार क्षेत्र हेटौँडा उपमहानगरपालिका क्षेत्रमा मंगलबारबाट मात्रै भत्काउने कार्य सुरु गरिने डिभिजन सडक कार्यालयले जनाएको छ। हेटौंडा बजारका ३ सय बढी घरहरुलाई तत्काल नभत्काउन सर्वोच्च अदालतले ‘स्टे अर्डर’ दिएको कारण पनि समस्या देखिएको छ।

भत्काइने संरचनाको क्षति विवरण संकलन कार्य सकिएको भोलिपल्टै भौतिक संरचना हटाउने कार्यको थालनी गरिएको हो। संघीय सरकारले आफ्ना घर टहरालगायत भौतिक संरचना हटाउन जारी गरेको १५ दिने म्याद आइतबार सकिएको थियो।

यसअघि सडक चौडापार्ने काम सुरु हुँदा अदालत पुगेका तीन सयभन्दा बढी घरलाई अदालतले तत्काल नभत्काउन आदेश दिएको थियो। अहिले पनि २५ मिटरको सन्दर्भमा हेटौंडाको राप्तिखोलाबाट कर्रा खोलासम्म तथा चौकिटोलबाट बुद्धचोक क्षेत्रसम्मका करिब तीन सय भन्दा धेरै घरको सन्दर्भमा सर्वोच्च अदालतले स्टे अर्डर जारी गरेपछि उक्त घर टहराको सन्दर्भमा कुनैपनि क्रियाकलाप गर्न पाउने छैन।

क्षतिको विवरण संकलन अन्तर्गत जग्गाको कित्ता नम्बर, घरधनीको नाम, संरचनाको अवस्थासहितको विवरण अभिलेख गरिएको छ। यस संकलनबाट राजमार्ग चौडा गर्ने क्रममा भत्किने क्षेत्रमा पर्ने निजि घरहरू, सरकारी भवनहरू, मठमन्दिर तथा चौतारोहरू, होटलहरू के कति पर्नेछन् भन्ने तथ्यांक थाहा हुनेछ।

हेटौंडाको मुख्य राजमार्गमा पर्ने संरचना भत्काउनका लागि संघीय सरकार मातहत रहेको सडक डिभिजन कार्यालय हेटौंडाले असार ७ गते फेरी सूचना जारी गरेको थियो। पटक–पटक सूचना जारी गरेपनि पूर्व–पश्चिम राजमार्ग र त्रिभूवनराजपथको सडकको दायाँ–बायाँ २५ मिटर सडक बिस्तार गर्न सकेको छैन।

एशियन हाइवेको मापदण्डअनुसार सडक बिस्तारको काम आफूहरूले सुरू गर्न थालेकोले सरकारले अघि सारेको योजनामा सकारात्मक सहयोगमा गरिदिन अधिकारीले आग्रह गरे।

संघीय सरकारले महेन्द्र राजमार्गको धन्सार पुल (बारा) देखि लोथर (मकवानपुर) सम्म तथा त्रिभुवन राजपथको वीरगंज भन्सार (पर्सा) देखि दामेचौर (मकवानपुर) सम्मको राजमार्ग खाली गर्नका निर्देशन दिइएको छ। पूर्व–पश्चिम राजमार्ग र त्रिभुवन राजपथको दाँया–बाँया २५–२५ मिटर सडक अतिक्रमण गरी घर टहरा, छाप्रो, मन्दिरलगायतको संरचना हटाउन आग्रह गरिएको अधिकारीले बताए।

यता सडक बिस्तार कार्य अन्तर्गत १६–१६ मिटरमात्र भत्काएर बाइपासको बाटो ब्यवस्थित गर्नुपर्ने धारण आफूहरूको रहेको मकवानपुर उद्योग बाणिज्य संघका अध्यक्ष कृष्ण कटुवाले बताए। १६ मिटरमात्र भत्काउने हो भने मुआब्जासमेत नलिने गरी स्थानीय तयार भएको अध्यक्ष कटुवालले बताए। यदि १६ मिटरले नपुग्ने र २५ मिटर नै भत्काउनु पर्ने अवस्था भएमा पीडितलाई मुआब्जा दिनुपर्ने माग आफूहरूको रहेको उनले बताए।



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)