Tuesday, 16th June, 2026
वि.स.

मकवानपुरमा रगत अभाव, रक्तदान गर्न रेडक्रसको अनुरोध

blood-1598163451.jpg

 कोरोना संक्रमण मकवानपुरमा पनि वढ्दै गएपछी रगतको अभाव हुन थालेको छ । साउनको अन्तिम साता देखिकै मकवानपुरमा स्थानीय प्रशासनले निशेषधाज्ञा जारी गरेकाले रक्तदानका कार्यक्रम हुन नसकेकाले रगतको अभाव भएको नेपाल रेडक्रस सोसाइटी मकवानपुरका मन्त्री खेमराज सापकोटाले जानकारी दिए।

रेडक्रसको व्लड बैकमानै आएर रक्तदान गर्न उनले आग्रह समेत गरेका छन् । बन्दाबन्दी र निषेधाज्ञाका कारण रक्तदान कार्यक्रम हुन नसकेकाले रगत अभाव भएको नेपाल उनले वताए ।

रेडक्रस हेटौंडाको रक्तसञ्चार केन्द्रमा वि पोजेटिभ रगत १६ पोका मात्र रहेको र कुनै विरामीले रगत चाहियो भनिहालेको अवस्थामा रक्तदाताहरुलाई टेलिफाने मार्फत वोलाएर रगत दिने गरिएको मन्त्री सापकोटोले वताए । रक्तसञ्चार केन्द्रहरुमा न्यून मात्रामा रगत मौज्दात रहेको भन्दै रेडक्रसले रक्तदानका लागि अनुरोधसमेत गरेको छ ।
 



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०