Monday, 19th January, 2026
वि.स.
23...-1768204900.jpg

मकवानपुरमा मतदाता नामावलीमा नाम दर्ता गराउनेको भीड

matadan-1762762907.jpg

आगामी फागुन २१ गते तय गरिएको प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै मकवानपुरमा मतदाता नामावली संकलन तीब्र भइरहेको छ ।

मतदाता नामावलीमा नाम दर्ता गर्ने समय सकिन लागेपछि निर्वाचन कार्यालयमा नाम दर्ता गराउनेको संख्या दैनिक रुपमा बढ्दै गएको प्रदेश निर्वाचन कार्यालय हेटौंडाका निर्वाचन अधिकृत हरिप्रसाद ढकालले बताए ।

असोज १० गतेदेखि आइतबारसम्म ३ हजार ६० जना ले मतदाता नामावलीमा आफ्नो नाम दर्ता गराइसकेका छन् । आइतबार करिब ३ सय र शुक्रबार २ सय जना हाराहारीले नाम दर्ता गराएका थिए ।

प्रदेश निर्वाचन कार्यालय हेटौंडाका अनुसार मतदाता नामावलीमा नाम दर्ता गराउनेमा ८० प्रतिशत युवायुवती छन् । निर्वाचन आयोगले कात्तिक ३० गतेसम्म मतदाता नामावलीमा नाम दर्ता गराउने समय तोकेको छ । निर्वाचन अधिकृत ढकालका अनुसार नयाँ दर्तासँगै पुराना विवरण सच्याउने, व्यक्तिगत विवरण अद्यावधिक गर्ने र स्थान परिवर्तनका कार्य पनि एकैसाथ भइरहेको छ ।

निर्वाचन कार्यालयले यसपालीबाट अनलाइन प्रणाली पनि सुरु गरेकोले मतदाता नामावली दर्ता प्रक्रिया थप सहज बनेको निर्वाचन अधिकृत ढकालले बताए । ‘नागरिकले घरमै बसेर अनलाइन फारम भरेर नाम दर्ता प्रक्रिया सुरु गरेर स्थानीय निर्वाचन कार्यालयमा पुगेर फोटो खिचाउने र बायोमेट्रिक गर्नुपर्ने हुन्छ,’ उनले भने ।

ढकालका अनुसार अब मतदाता नामावली दर्ता गर्न आफनै गृहजिल्ला पुग्नुपर्ने बाध्यता छैन । आफ्नो बसोबास क्षेत्रको नजिकको निर्वाचन कार्यालयमा पुगेर नाम दर्ता गराउन सक्ने व्यवस्था गरिएको छ । आगामी फागुन २० गतेसम्म १८ वर्ष उमेर पूरा गरेकाले मतदान गर्न पाउने निर्वाचन कार्यालयका प्रमुख ढकालले बताए ।

२०७९ मंसिरमा सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा मकवानपुरमा मतदाताको संख्या २ लाख ९४ हजार ९१९ रहेको थियो । तीमध्ये महिला मतदाताको संख्या १ लाख ४४ हजार ९५९, पुरुष १ लाख ४९ हजार ९५४ र अन्य मतदाता ६ जना रहेका थिए ।



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०