Saturday, 20th June, 2026
वि.स.

मकवानपुरमा बस दुर्घटना: एकको मृत्यु, ९ जना घाईते

accident-1608973627.jpg

मकवानपुरको हेटौंडामा शनिबार दिउँसो बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

दिउँसो हेटौंडाबाट नारायणगढतर्फ जाँदै गरेको ना ५ ख ४६०९ नम्बरको यात्रुबहाक बस आफै अनियन्त्रित भई हेटौंडा–१९ बस्तिपुरमा दुर्घटना हुँदा एक जनाको मृतयु भएको हो ।

मृत्यु हुनेमा लम्जुङ सुन्दरबजार नगरपालिका वडा नम्बर ८ बस्ने ३२ वर्षीय हरी गौली रहेका छन् । दुर्घटनामा परी गम्भीर घाइते भएका उनको हेटौंडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

त्यस्तै, सोही दुर्घटनामा परी अन्य ८ जना घाइते भएका छन् । उनीहरुको चुरेहिल अस्पतालमा उपचार भइरहेको छ। घाइतेहरुको पुरा विवरण आउँन बाँकी रहेको प्रहरीले जनाएको छ ।

प्रहरीले बस चालक चितवनको राप्ती नगरपालिका वडा नम्बर २ बस्ने ४१ वर्षीय रामबहादुर तामाङलाई नियन्त्रणमा लिई घटनाको विषयमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०