Saturday, 20th June, 2026
वि.स.

मकवानपुरमा निर्वाचन तयारी

matadata1-1613799577.jpg

जिल्ला निर्वाचन कार्यालय मकवानपुरले आगामी वैशाखमा हुने निर्वाचनलाई लक्षित गरेर तयारी पूरा गरेको छ । जिल्लामा १६५ मतदानस्थलका ३३८ मतदान केन्द्रबाट मतदान गर्ने व्यवस्था मिलाइएको जनाइएको छ । 

सो निर्वाचनमा मकवानपुरका दुई लाख ७२ हजार ४७८ मतदाता मतदान प्रक्रियामा सहभागी हुन पाउने जिल्ला निर्वाचन कार्यालय मकवानपुरका प्रमुख गोविन्दप्रसाद पौडेलले जानकारी दिए ।

निर्वाचनका लागि आवश्यक सुरक्षा रणनीतिसमेत तयार पारिएको मकवानपुरका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले बताए । उनले निर्वाचन आचारसंहिताको पूर्ण पालना गराइने बताए । चुनावको समयमा हुने गाडीका लावा लस्कर र भोज भत्तेरलाई नियमन र नियन्त्रण गरिने उनले बताए।

यसैबीच, निर्वाचन आयोगले निर्वाचन आचारसंहिता २०७७ को मस्यौदामा भएका व्यवस्थाका सम्बन्धमा सरोकारवालासँग अन्तक्र्रिया गरेको छ । 

कार्यक्रममा जिल्लाका राजनीतिक दलका प्रतिनिधि, मकवानपुरका सुरक्षा निकायका प्रमुख, पत्रकारलगायतकाको सहभागिता थियो । रासस



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०