nakuhine-bastu-sankalan-1706086939.jpg
Friday, 26th April, 2024
वि.स.
1000043965-1707579226.jpg

मकवानपुरमा थप ४ जनामा कोरोना संक्रमण पुष्टि

corona-virous-1618045957.jpg

मकवानपुरमा कोरोना पुष्टि हुनेको संख्या बढ्दै गएको छ ।

पछिल्लो २४ घण्टामा हेटौंडामा एक जना बालक सहित ४ जनामा कोरोना पुिष्टि भएको हो ।पुष्टि हुनेमा हेटौंडा-३ की ८५ वर्षीया महिला,४१ वर्षीया महिला र ६ वर्षीय बालक रहेका छन् । यसैगरि हेटौंडा-४ की ३२ वर्षीया महिला रहेकी छन् ।

शुक्रबार १४ जनाको स्वाब परीक्षणमा ४ जनामा संक्रमण देखा परेको जिल्ला जनस्वास्थ्य कार्यलय मकवानपुरले जनाएको छ ।यो संगै मकवानपुरमा सक्रिय संक्रमितको संख्या १४ पुगेको छ । संक्रमितहरु आफ्नै घरमा उपचाररत रहेका छन् ।

मकवानपुरमा हालसम्म पुष्टि भएको ३ हजार ९ सय ६ जना संक्रमितमा ३ हजार ८ सय ६० जना संक्रमण मुक्त भएको जनस्वास्थ्य कार्यलयले जनाएको छ ।



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)