Wednesday, 17th June, 2026
वि.स.

मकवानपुरमा थप ३० जनामा कोरोना संक्रमण पुष्टि [हेर्नुहोस सूची]

corona-Update-1598970967.jpg

मकवानपुरमा १६ भाद्रमा थप ३० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । साँझ प्राप्त रिपोर्ट अनुसार १८ जना पुरुष र १२ जना महिला गरी थप ३० जनामा संक्रमण पुष्टि भएको हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरिक्षक भोला प्रसाद चौलागाईले जानकारी दिए ।

हेटौंडा १० स्थित कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रको प्रयोगशालामा गरीएको परिक्षणको रिपोर्ट अनुसार हेटौँडाका २९ जना र हेटौडामा कार्यरत भक्तपुर ठेगाना भएका एक जना रहेको चौँलागाईले बताए ।

यस्तै आज पुनःपरिक्षणबाट ५ जानाको रिपोर्ट पोजेटिभ आएको समेत उनले जानकारी दिए । यसअघि आजै हेटौँडा औद्योगिक क्षेत्रमा रहेको बहुराष्ट्रिय कम्पनी बर्जर पेन्टस्मा कार्यरत ११ जना कर्मचारीमा कोरोना पुष्टि भएको थियो । काठमाडौंको विएनबी अस्पतालका प्राविधिक टोलीले हेटौंडा आइ स्वाब संकलन गरे गरिएकोे परिक्षणमा ११ जनामा कोरोना पुष्टि भएको चौँलागाईले बताए ।



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०