Saturday, 20th June, 2026
वि.स.

मकवानपुरमा ट्रकले मोटरसाईकलाई ठक्कर दिदा एक जनाको मृत्यु

accident-new-1613711874.jpg

गएराति मकवानपुरको मनहरी गाउँपालिकामा ट्रकले मोटरसाईकलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मनहरी मनहरी गाउँपालिका वडा नंबर ९ का अन्दाजी ३५ वर्षाीय जनक ढकाल रहेको ईलाका प्रहरी कार्यलय मनहरीले जनाएको छ ।

मनहरीबाट ज्यामिरे तर्फ जाँदै गरेको ना ४२ प २५०८ नंबरको मोटरसाईकलाई विपरित दिशाबाट आउँदै गरेको ना ६ ख ३४२७ नंबरको ट्रकले ठक्कर दिँदा ढकालको मृत्यु भएको हो । ट्रक चालकलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यलय मकवानपुरले जनाएको छ ।



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०